✍️ रिपन गौतम

 

सरकारले व्यवस्थालाई दिन्छ
व्यवस्थाले जनतालाई दिन्छ
यो सूचना हो !
हुनेलाई फलिफाप छ
नहुनेलाई लथालिङ्ग पारेको छ।

हरेक सूचना यहाँ बिरुद्ध लिएर आउँछ
जुलुस र जनसभा लिएर आउँछ
अफसोस् !!
एकमुष्ठ आवाज दिएर पठाएको जनक्रान्तिको गीत
यहाँ
सुर न ताल मिलेको डिस्को डान्सर भएर फर्किन्छ।

यो सूचनाले मंजहरू बोकेर ल्याउँछ
उट्पट्याङ कुरा लिएर आउँछ
हे प्रभु !!
हिजोको बिरालो त्यही मंजबाट बाघ जस्तै कराउँछ
पुग्ने गरि गाली र झपाई खाएर लस्करहरु घर फर्किन्छ।

सूचना व्यवसाय भएको छ यसघरी
ठामठिम मिले पछि निस्किन्छ यो।
बुझ्दैन सूचना थाप्ने कमजोर दिमागहरू।

सूचना पठाएर सूचना कै पर्खाइमा बसेको सरकार
बहुत काफर छ ’
खास सूचना पठाउन उ डराउँछ।

सबै सूचनाहरू राम्रा र असल कहाँ हुन्छ्न् त !
जन्म मृत्यु
हानी फायदा
मिलन बिछोड
तमाम् छन् नि !
तर ! हामीसम्म आईपुग्ने हाम्रो सूचना
एउटै पनि राम्रा र असल नआएकाले सूचना सरकारलाई किन कहिले पुगेन ??

यो सूचना कसले कसलाई दिने त अब।

प्रतिक्रिया

सम्बन्धित खवर