-रिपन गौतम

घडी हेरे । मैले ।

एक-पन्ध्र भएको रहेछ। मध्य रात।

मैले घरका अरू सदस्यहरूलाई उठाईन। कसैको निन्द्रा किन बिगार्ने? यस्तो सोच आयो।
तर म निदाउन सकिनँ।
प्रायः आधा घण्टा अघिदेखि कोही रोएको आवाजले मन बिचल्नी भई रहेको छ मेरो।

आवाजमा थकान ज्यादा भएको मैले लख् काटेको छु। किनकि आवाज एकदम धीमा स्वरमा रहेको छ। ध्यानपुर्वक सुन्दा मात्र रूएको आवाज स्पष्ट सुनिन्थ्यो।आवाज कुनै पुरुषको हो। यतिसम्म म स्पष्ट भएको छु आधा घण्टा पछि।

अहिले मोबाइलको स्क्रिनको घडीले समय बतायो। एक-पन्ध्र ।

यो शहर हो। यहाँ रूने र हाँस्नेको कुनै महत्व छैन। कमी छैन। जात-पात छैन। कुनै केही कुरा नै छैन। छ त होड। प्रतिस्पर्धा र स्वव्यवस्थाको चिन्ता।
आवाज निरन्तर मेरो कानमा परिरहेको छ। वरिपरि तीन-चार बिल्डिंगहरू छन। अघि पट्टी नशामुक्त सेन्टरको तीन तल्ले बिल्डिंग छ।तर रूएको आवाज बाहेक अरू कुनै स्वर‌ नै मैले सुनेको छैन। छेउमा रहेको मेनरोडमा पनि गाडी कराएको सुनिएको छैन अहिले।
फेरि मोबाइलमा समय हेरे।
एक-पैंतालिस बतायो।
यो समयमा शहर पनि मरेको हुन्छ। मुख्य स्थान तिर केही चहलपहल रहेता पनि भुस्याहा कुकुर र गुण्डाहरू मात्रै जागेको हुन्छ यो समयमा।अ: हाईवेतिर सोह्र चक्के र अठारह चक्केका यामन लोरी ट्रकहरू एकगतिमा कुदिरहेका हुन्छ। आ-आफ्नो गन्तव्यतिर।

अब मैले त्यो आवाज कहाँबाट आउँदैछ? पत्तो लगाउन निर्णय गरे।त्यसो त कर्पोरेशनले बाटोमा लागाईदिएको‌ सोलार-लाईटको उज्यालो त छँदैछ छ बाहिर।कतै बदमास केटाहरु त हैनन्!यो डरले पनि मलाई समायो।रूने मान्छे के जातको हो! छुट्टाउन नै सकिनँ मैले। रूएको र हाँसेको आवाजले कहाँ छुट्टाउन सकिन्दो रैछ मान्छेको जात!!
मैले मेन गेट बिस्तारै खोलें। बाहिरको चिसो हावासँगै‌ आवाज पनि बेसी कानमा पस्यो। अघिल्लो मेरो फेन्सीन वालको बाहिरतिर आवाज मैले सुने। वरिपरि हेरे। सूनसान छ। चकमन्न!! ठिङ्ग उभिएको पोलको टुप्पोमा सोलार लाइट बरिपरि किट्पतङ्को गोला एकै नाशले घुमाउरो लागेको मात्र देखे। जाडो महिनाको अन्तिम भए पनि रात निकै चिसिएको मैले अनुभव गरे।
जमानामा आमाले मलाई भन्नुहुन्थ्यो-राती बाहिर निस्कन परे केही हतियार बोकेर मात्र निस्कीनु। बहुत बुझेर मात्रै दैलो खोल्नु। इत्यादि।
समय खराब छ। यसको मध्य नजरमा आमाको यो मलाई आदेश थियो।
फलामको रड मेरो दाहिने हातमा थियो अनि देब्रेमा मोबाइल थियो। अहिले।
त्यसलाई मैले यो मात्र भन्नु थियो-जा!! मैले नसुन्ने जग्गामा गएर भक्कु रूनु…!! किनकि यो रूएको आवाजले मलाई हुनुसम्मको इरिटेट गर्छ।

म फेन्सीन मेनगेट पुगे।ठिक गेटकै दाहिने तर्फ लम्पसार परेर एउटा मान्छे आरामले रोइरहेको मैले देखे।मनमा केही भय पस्यो मेरो।तर यो मेरो अबस्था त्यो अपरिचितले थाहा पाउन हुँदैन!
हातको रडले मेनगेटको फलामलाई तीन पल्ट हिर्काए।
कौन है?-पनि भने।
मेरो कर्कस स्वरले अलिक डरायो क्यार!!रून छोड्यो।

-माफ पाउँ हजुर!म भागेको।तर कता जौ!जौ!!भयो।-
यो स्पष्ट भयो उसको भनाइले-आफ्नै जातपातका रछन्।
ममा अलिक उर्जा उत्पादन भो।
-अनि किन यहाँ सुतेर रूएको?-
मैले भने।
-मलाई अलिकति रक्शी दिनु होस न !म गई हाल्छु!-
मलाई रिस उठ्यो।
-तिमी या रक्शी मांंग्नु बसेको? यहाँबाट गईहाल नत्र ठोक्छु….!!-
रड बजाएँ फेरि मैले। अनि मोबाइलको ट्रसलाइटले उसको अनुहार हेरे।
उ लकलक भयो।उठेर दुई हात जोडेर भन्यो-
हजुर अलिकति पानी दिनुहोस् न त यो छाती सूक्यो।-

लकभक पचास काटेको हुन पर्छ बर्षले। विचल्लीमा परेछन्। मलाई माया पलायो। हेर्दा त्यस्तो मत्तु पनि देखिन ।तर किन रक्शी मांंग्नु? फेरि रिस उठ्यो।
पानी दिएर खेद्नु पर्यो भन्ने सोच आयो। भित्रबाट पानी लिएर आए अनि दिए।भरि बोतलको पानी नबिर्साइ सक्यो उसले।
उ काँप्दै थियो। चिसोले हो कि केले हो।

-म यहाँ सेन्टरबाट भागेको।तर अब भाग्दिन।म दार्जीलिङको हुँ। छोरी-ज्वाइले मेरो पिउने बानी छुटाउन यहाँ राखेर गए।एक समय आन्दोलनकारी‌ पनि थिए।
नेपाली हुनुहुँदो रैछ। खुशी लाग्यो।-
उ यती भनेर‌ नशामुक्त केन्द्रतिर गयो।
म छक्कै परे।

***

प्रतिक्रिया

सम्बन्धित खवर