– कमलप्रसाद बगाले रेग्मी
१,
मुटुभरि देश बोक्ने सबै जुट्नु पर्छ
रिस राग कालो मैलो सबै छुट्नु पर्छ
वैरी जुटि हामी माथि राज गर्न सक्छन्
फाटिएका मन मुटु सबै खुट्नु पर्छ।
२,
देशभन्दा माथि यहाँ सत्ता हुन थाल्यो
देश भरी महँगाई आकाश छुन थाल्यो
साँझ बिहान छाक टार्न मुस्किल बनाएर
कलुषित पापहरु सबै धुन थाल्यो।
३,
सदा प्रेम प्याला पिलाउँदै जाऊ
स्नेह मित्रता नै फिजाउँदै जाऊ
यहाँ जिन्दगीको कहाँ भर छ र
आफू हार्दै बरु जिताउँदै जाऊ।
४,
ऋण थप्दै जनतामा चढेको छ देश सधैं
महँगीले सताउँदै बढेको छ देश सधैं
देश हाँक्छु भन्दै सधैं भोट माग्ने नीकै आए
भ्रष्टाचार कुशासनले सडेकोछ देश सधैं।
५,
रसाएका नयनमा पीडा छल्की रह्यो
मुहारमा मायाँ भने निकै झल्की रह्यो
बैगुनीले बाटो यहाँ बिराएर होला
मुटु भरि मिठो व्यथा सधैं सल्की रह्यो।
***
प्रतिक्रिया
-
४
