रिपन गौतम

मलाई डर लागेको थियो।
उसको आँखामा रगत चढेको थियो।

वास्तवमा उ मबाट बेलकुल अञ्जान थियो। मान्छेलाई टाउकोमा राख्न हुदैन। मलाई अहिले ज्ञात भइरहेछ।

मलाई बेसी रिस नउठा!!

– मिस्टर प्रधानको आँखा सोझै मतिर छ अहिले। अनि रिस पुर्ण चेतावनी पनि।
उसको गिलास रित्तिएको थियो।मैले हेरे। तुरुन्त पेक थपिदिए।

तपाईंलाई रिस उठ्दैन??म तपाईंलाई रिस देखाउँदै छु। तपाई मलाई रक्शी थपि दिनु हुँदैछ!(?)

-प्रधान अझै झोक्किँदै मलाई हेरे। फेरि मलाई खोंचे थाप्ने भनाई पनि।उहाँको आँखामा रगत उस्तै थियो।रिस अनि विस्कीको मात समिश्रण।क्रुर।मतुवा!!

मैले थपिदिएको पेक पानी बिना नै स्वाट्ट पारे मिस्टर प्रधानले। अहिले मैले पनि हल्का चुस्की मुखमा हाले। मसंग यो ज्ञान छ साम्ने बसेको पार्टनरलाई हेरेर मात्र मात्ने चिजको प्रयोग गर्नु पर्छ। बेसी-कम्ति।

म तपाईको अफिसमा ताला लगाइदिन्छु।सिबीआइ रेड गराई दिन्छु।बुझ्नु भ!!

-मलाई धम्की दिए पछि उहाँले एउटा सिक्रेट सल्काएँ।फुक्न थाले।

मैले बेटर बोलाएँ। केही स्नेक्स र फ्राई पनिर पनि।

मान्छे व्यापारमा छ वटा बिन्दु पुगेर सफल हुन्छन् तर त्यसको बिपरित बाह्र बिन्दुले ब्यपारीलाई बाटोमा पुर्याई दिन्छ।मैले मिस्टर प्रधानलाई उसको शुरूवात मैं भनेको थिएँ। ब्यापारले मान्छेलाई जन्माउँदैन परन्तु बनाउँछ।यो पनि भनेको मैले उसलाई।

बजारमा हाम्रो ठुलो प्रतिस्पर्धा छ। उसले अदुवाको धुलो (पाउडर) र नर्थ-इस्ट रिजनमा सहजै उपलब्ध हुने अक्बरे  खोर्सानी (ड्रयागन-चिल्ली)-को विश्व बजार पक्रे पछि म केही छोडीए।तर उ धेरै अघि बढ्न सकेन। त्यही फलस्वरूप आज धेरै दिन पछि हामी शहरको एक रेस्टुरेन्टमा बसेका छौ।

अहिले उ घाटामा छ।ब्यङ्गको ऋण छ। सहयोगीहरूले साथ छोडि दिएका छन्।

आज मलाई उसले बिहानै एउटा रिक्वेष्ट कोटेशन मेरो पर्सनल आईडीमा पठाएको थियो। मसंगको साझेदारी उसको इक्षा प्रकट गरेको थियो। ब्यापारमा स्थायी दुश्मन हुँदैन।न त मित्रता नै हुन्छ।यो पनि राजनीति जस्तै हो। जहाँ मुनाफा हुन्छ त्यही दोस्ती शुरू हुन्छ। गठबन्धन जस्तै राजनीतिको।

मैले सोझै सम्पर्क गरे उसलाई अनि गेट-टुगेदरको इक्षा पनि राखे।

देवप्रकाश प्रधान!

प्रधान इन्डस्ट्रि-को मालिक।

आज मसंग बसेर बेसुरा भएर मलाई नै रिस पोख्दै छ।तर म पट्क रिसाएको छैन। शुरूमा डर लागेको नै हो उसको आँखामा देखेको रगतबाट।तर त्यो त सुराबाट निस्केको अर्थ बिहीन रह्यो अब।

के चाहानु हुन्छ मबाट??

-मेरो प्रश्न सुनेर उ स्थिर भयो। हेर्यो मलाई।पेक स्वाट्ट पार्यो।कचाक!कचाक!! मासुको जोक्टा चपायो।

मैले तपाईलाई त्यत्रो छल गरेर आफ्नै कम्पनी खोले। तपाईको बजार बिगार्ने दुस्साहस गरे।आज मसंग कोई छैनन्।तर तपाईले मलाई मद्दत गर्ने……..???

-मिस्टर प्रधान पुरै मातेका थिए।तर दिमाग तन्दरुस्त थियो। सत्यता त छँदै थियो।

मान्छे आकाश छुन धर्ती बिर्सन्छन्।तर झर्दा एउटा सानो जग्गाको अभाव हुन्छ।त्यो जग्गा मैले उसलाई दिन खोजेको मात्र हो।

उसले मलाई पच्चीस लाख माग्यो।

मैले तत्काल चेक साइन गरिदिएँ।

उ छक्क पर्यो।

समस्यामा पनि मित्रता कायम राख्नु जरूरी हुन्छ।

म यो सोंचमा गदगद भएँ।

***

प्रतिक्रिया

सम्बन्धित खवर