-दिपेन्द्र आचार्य
अन्तु डाँडाबाट साउती गर्दै
बादलहरु सङ्ग लुकामारी खेल्दै
कन्यामको हरियालीलाई लुकेर हेर्दै
आफ्नो शिर रातो घुम्टोले ढाकी
लजाँउदै लजाँउदै आइपुग्छे
नव दुलही झैँ सुन्दर
पशुपति नगरको न्यानो घाम।।
आँगन डीलभरी इत्रिदै निस्किन्छ्न्
यौवन फुलेको सयपत्री गोदावरीहरु
शीतले चिसिएको चिसो हात
मोल्दै मोल्दौ आइपुग्छ्न् राइनोक्लसहरु
भर्खर हुर्कदै गरेको बालक सिजनथसहरु
गोडाभरी मोजा जुत्ता लगाइ खेल्न भेला हुन्छन्
प्रत्येक बिहान
पशुपति नगरको न्यानो घाम।।
शिरमा बसेकी देवीथान
मुटुमा बसेको पशुपतीनाथ
शंख घण्टको मधुर ध्वनी र
आस्थाको वासनादार धूपहरुको
सुगन्ध छर्दै छर्दै
पवित्र भूमी स्वागत गर्दछ
प्रत्येक बिहान
पशुपति नगरको न्यानो घाम।।
अग्ला अग्ला युवा धुपीहरु
होचा अग्ला वयस्क गोगुनहरु
नाप्नै नसकिने अग्ला आग्ला
विश्वासका घरधुरीहरु
फरक राष्ट्रियताले बाँडेको भूगोलमा
संस्कार संस्कृति र एकताको
सेतो पगरी शिरमा गुथी पर्खिरहन्छ
प्रत्येक बिहान
पशुपति नगरको न्यानो घाम।।
ॐ माने पद्मे हुँ
मन्त्रोच्चारण गर्दै बौद्धधाम
शान्ति र अहिंसाको सन्देश छर्दै
बुद्ध पार्कमा ध्यानमग्न बुद्ध
अखण्ड प्रेम र अटल आत्मविश्वास सङ्गै
मङ्गल मन्दिरबाट ज्ञान भक्ती सेवाको
दिव्य उज्यालो छरिरहन्छ
प्रत्येक बिहान
पशुपति नगरको न्यानो घाम।।
प्रतिक्रिया
-
४