✍️ दिपेन्द्र आचार्य

 

निरन्तर दौडिरहने समयलाई
एक डोको मेरो देश
पिठ्युमा बोकाइ
एक नाम्लो मेरो देश
थाप्लो बोकाइ
दगुर्न लगाउन मन छ मलाई
विश्व सुते पनि दगुरिरहुन्
समयसँगै मेरो कथाहरू ।।

मेरो स्वभिमान ठिङ्ग उभेको छ
द्क्षिणको हावा र
उत्तरको पानी छल्दै।
उ चुपचाप बगाइरहन्छ
छात्तिबाट पसिना निरन्तर
उसको त्यही पसिना
पिएर मेरो देश
बाँचिरहेछ युगौँ युग।

मेरी आमाको सिँउदो जस्तै
लामो आयु भएको मेरो देश
बाको ललाटको चन्दन जस्तै
पवित्र मेरो देश
संस्कार र संस्कृतिको अन्जुलीभरी
विभिन्न औँलाहरू एक भइ
शान्तिको झरना कल कल बगाउने
एक थुन्से मेरो देशलाई
समयको थाप्लोमा बोकाइ
दगुर्न लगाउन मन छ मलाई
ताकि त्यही समयसँगै
दगुरिरहुन् मेरो स्वर्णिम इतिहासहरू ।।

प्रतिक्रिया

सम्बन्धित खवर