✍️ निर्मल आग्रह

यी दिनहरुमा

एउटा मानिस निद्रामा बडबडाइ रहेछ 

एउटा मानिस पैदल हिड्दा हिड्दै गनगनाई रहेछ 

एउटा मानिस खेतमा हल चलाउदै गुनगुनाई रहेछ

एउटा मानिस चरणमा बाख्रा चराउदै मुख्बाजा बजाई रहेछ 

एउटा मानिस चिया बगानको अवस्थाप्रति रोष जताउदै पत्ति टिपीरहेछ 

एउटा मानिस खोला छेउ घासमा लागेको शीत चाटीरहेछ 

एउटा मानिस पंधेरोंमा सागर भरि रहेछ 

एउटा मानिस हिडीरहेछ हिडीरहेछ 

एउटा केटी ज्यूँदै जलिरहेछ 

एउटा केटो स्कूलमा मास्टरको पिटाई खाएर रक्ताम्मे जिउ लिएर घर फर्कि रहेछ 

एउटा नेता मानिसको ठुलो भीड़ सामुन्ने उभ्भेर उहि पुरानै भाषण  छाँटीरहेछ 

एउटा मानिस चौपत्तिबिच विहानीको अड्डामा देस दुनियाँको ज्ञान बाडीरहेछ ।।

परिवर्तनको आसार कतै छैन

परिवर्तनको हावा कतै चलेको आभास पनि छैन 

यी दिनहरुमा

दृश्यहरु हावामा झुन्डेका चमेराहरु जस्तै देखिन्छन !!

      ४४.

कोहि बहुरूपिया छन

कोहि विदुषक,

कोहि धूर्त त

कोहि महामूर्ख

कोहि बलात्कारी,कोहि दुराचारी 

कोहि हत्यारा ,कोहि महाज्ञानी बाट्ठे 

कोहि पनि छैनन यहाँ भद्र ,सच्चरित्र !

एउटा अन्धो होड छ नायक बन्ने !

यहासम्म कि हाम्रा ठप्पा पनि यी मध्ये कसैको नसिब हुन्छ

र दुनियाँ भरका तर्क-कुतर्कहरु हामी 

यीनैको पक्ष-विपक्षको ओरिपरि रच्ने गर्छौ !!

यस्तो विकट 

विकल्पहीन समयमा पनि 

वीर भगत सिंह माफ गरिदेउ    

हामी त्यहि देशका नागरिक हौ

जस्को तिमी शान हौ !!

     ४५.

हामीसित आफ्नु भन्ने केहि छैन !

हामीसित अरु कसैको भागको अक्सिजन छ !

हाम्रा बस्तिहरुमा चम्कन्छ बेगानो घाम,

हाम्रा सपनाहरु बलिउडका मूभी जस्ता रङ्गीन छन,

गङ्गामा थुप्रेको मैला-कुचैला ,फोहोर,

रङ्गहरूको चोरीको खबर ,

आतंकी हमलाहरुले  घाइते बनेको देश 

आन्तरिक गृह युद्धहरुले बिथोलिएको समाज 

आजको दैनिकको हेडलाईनमा छापिएको एउटा

दर्दनाक घटना !

हाम्रा हातमा शक्ति छ कसैलाई बचाउने 

या कसैलाई  डूबाउने 

तर हामी अधिकतम समय फिजूलमा खेर

फाल्छौ !

हामीसित विवेक छ उचित र अनुचितको 

जाँच-परख गर्न सक्ने 

तर पनि हाम्रा अत्याधिक तर्क-वितर्कहरु 

कुखुरी पहिले कि अण्डा पहिले”जस्ता

वाहियातपूर्ण कुराहरु कै ओरिपरि घुमीरहन्छ !

क्रूर इतिहास थियो

क्रूर वर्तमान छ

भविष्य पनि उस्तै हुने तय छ !

ई; नै क्रुरताको क्रम विकासमा हामी 

क्रूर ईश्वर भएका हौ !!

***

प्रतिक्रिया

सम्बन्धित खवर