✍️ सृष्टि मल्ल

कुनै दिन
खहरे खोलामा भेल आउनेछ
र गराउने छ हाम्रो मिलन
तब बगिरहेको पानीले
छोएर बग्ने छ दुबैलाई ।

कुनै क्षण
पूर्व गुड्दै गरेको सार्वजनिक यातायातले
तिमी बसको देब्रेपट्टी दोस्रो सिटमा
र म
दाहिने पट्टीको अघिल्लो सिटमा
एकै बस भित्र गराउने छ
अपनत्वको महसुस ।

कुनै पल
मेरा नयनबाट झर्दै गरेको आँशुले
तिमीलाई सम्बोधन गर्नेछ
र तिमीले महसुस गर्नेछौं
अनि हुनेछ हाम्रो भेट ।

र अन्तिम पटक
टुक्रिएर झर्दै गरेको तारालाई हेरेर
टोलाउने छौ दुबै
र माग्नेछौ
हामीले हामीलाई
त्यस दिन पक्कै हाम्रो भेट हुनेछ
म त्यहीँ पलको पर्खाइमा छु ।

प्रतिक्रिया

सम्बन्धित खवर