आँगन

✍️ सृष्टि मल्ल
बाटो छेउमा
एक दुधे बालकलाई काखमा च्यापेर
दुई बच्चालाई छेउमा राखेर
आफ्नै जिन्दगीलाई कुदेर
आफ्नो भविष्य जस्तै रेखा बनाएकी हुन् उनले
तपाईंको घरको परिकारलाई
स्वादिलो बनाउन
भिन्न भिन्न आकारमा
अनेकौ बुट्टा भरेर
हस्तछाप छाडेपछि
मालिक
हजुरको घरमा राख्न सुहाउँदो बनाएकी हुन्
एउटा कालो ढुङ्गोलाई,
बिन्ती सिलौटोको अवमूल्यन
नगरीदिइबक्स्योस् ।
प्रतिक्रिया
-
४