
–सृष्टि मल्ल
कफि टेबलबाट सुरु भएको हाम्रो सम्बन्ध यति चाडैँ दिलमा बसेर बिझाउने काँडा बन्छ सोचाइ बाहिरको कुरा थियो । कालो कफिले गराएको हाम्रो भेट कालो सम्बन्ध बन्नेछ पनि त लागेको थिएन । मुटुबिच कालो धब्बा होला र बेलाबेला दुख्ला पैतलाको खिल बनेर यो सोचाइ भन्दा परको विषय हो । बानेश्वरस्थित कफी पसलमा भएको चिनजान थियो उ सँगको । हामी कफी र चुरोटलाई अत्याधिक प्रेम गर्थौ जस्तो नेतालाई कार्यकर्ताले माया गरे जस्तो खराव हो स्वास्थ्यलाई असर गर्छ बुझ्दा बुझ्दै पनि । त्यस क्याफेमा कफी पिउन पुग्दा उ या म त्यहाँ पुगिसकेको हुन्थ्यौ । यसरी भेटघाट हुदाहुदै हामी एक अर्काको परिचय फोन नम्बर साटासाट गर्यौ साथै मुहार पुस्तिकामा एक अर्का सँग जोडिएका थियौ । सुरुको दिनमा हाई,हेल्लोमा सुरुवात भयो बिस्तारै बिहान को शुभ बिहानी देखि शुभ रात्री सम्म पुग्यौं। यसरी बोल्ने क्रम जारी नै रह्यो धेरै स्वभाव मिल्ने हुदा हामीलाई नजिक हुन धैरे समय लागेन लुकाउनु पर्ने केही थिएन खुला किताब सरि थियौ दुबै । बोल्दा बोल्दै एक क्षण यस्तो आयो हामी एक अर्कालाई शुभ रात्री नभनी भिडियो कल नगरी नसुत्ने ,उठ्ना साथ एक अर्कालाई कल नगरी दिनको सुरुवात नै नहुने भयो । एक वर्षको अन्तरालमा हामीले सबै सिमा नाघेर प्रेमलाई कसिलो बनाउदै अगाडि बढिरहेको थियौ ।
कहिले कफि सँगै त खाजा,खाना गर्दै सबै काम सँगै गर्न थालि सकेका थियौ । बसाइँ हाम्रो पूर्व,पश्चिम भएपनि भेटघाट अक्सर बानेश्वरमा नै हुने गर्थो । यो मानवरूपी शहर नियाल्न डाँडामा पुग्थ्यौ त कहिले समथर मैदानमा बसेर बाग्मती नियालेर यसरी हरेक उत्तर चढावमा बग्नेछौ भन्दै कसम खान्थौ । प्रत्येक हप्ताको सात दिन मध्ये तिनदिन हामी सँगै बसेर धेरै दु:ख सुखका कुरा गर्थौ भविष्यको कुरा गर्थौ मैले सबैसबै कुरा उसलाई भन्ने गर्थे । उ पनि उसको जिवनमा केही नयाँ भयो कि पहिलो कल मलाई आउने गर्थो सानो होस् या चाहे त्यो कुरा ठूलो होस् । त्यो समय यस्तो लाग्थ्यो आकाशको जून,तारा मेरै पोल्टोमा छ सायद संसार नै जितिसके । मलाई जसरी प्रत्येक पल उसको पर्खाइ रहन्थो त्यसरी नै उ पनि हर सम्भव मलाई भेट्ने कोसिस गरि रहेको हुन्थ्यो ।
म अचानक केही दिनदेखि बिरामी पर्न थाले डाक्टरकोमा पुग्नु पर्ने अवस्था आयो । उ व्यस्त भएको कारण म उसलाई केही नभनी डाक्टरकोमा गए त्यहा गएपछि थाहा भयो मलाई कहिल्यै निको नहुने रोग लागेको र म आमा बन्न नसक्ने कुरा । मलाई लागेको रोगको बारमा उसलाई थाहा थिएन मैले सबै कुरा थाहा भएको मान्छेलाई रोगको बारेमा नभन्नु उचित नलागेर सबै वृतान्त उसलाई सुनाए । उसले इन्टरनेटमा खोजेर त्यसको बारेमा धेरै जानकारी पनि दियो । मलाई हाँस्दै धेरै कुरा सुनायो त्यस बारेमा मैले पनि हाँस्दै धेरै कुरा गरे त्यो रातमा ।
एक समय यस्तो आयो उसले मलाई कल , म्यासेज भेटघाट कम गर्न थालेको थियो जस्ले मलाई कल गरेर नदेखाए सम्म खाना खादैन्थ्यो, मलाई कल नगरेसम्म निद्रा लाग्दैन थियो मेरो अनुहार नहेरे सम्म दिनको सुरुवात हुदैनथ्यो । उसले मेरो कलको उत्तर नदिने,म्यासेज हेरेर रेस्पोन्स नगर्ने गर्न थाल्यो । उसको कलको प्रतिक्षामा म रातको १२/१ बजे सम्म बस्ने गर्थे । त्यसरी नै मैले हरेक रात प्रतीक्षा गर्ने गरेको छु अझै पनि तर उसको कल केवल उसलाई बोल्न मन लागे आउने गर्छ जस्तो कि भोट माग्ने बेलामा सिंहदरबार नै गाउँ पुग्छ । मेरो एक मुस्कान देख्नको लागि सबै काम,साथीहरू छोडेर मेरो सामु पुग्ने उ अहिले म प्रत्येक पल रोएको देख्दैन । मलाई जति बेला उसको साथ आवस्यक थियो यहीँ समयमा बिस्तारै टाढा गैरहेको छ । जस्तो भन्ने गर्छन् नि छोडेर जानेहरु दुई प्रकारका हुन्छन् नम्वर एक म यो सम्बन्ध अगाडि बढाउन सक्दिन भन्ने र दुई नम्बरमा बिस्तारै टाढा हुने तर दोष आफ्नो नदेखाउने । उ पनि ठिक त्यसै गरिरहेको थियो म देखि टाढा हुँदै थियो । उ बिस्तारै आफ्नै तरिकाले रमाउदै थियो यता म भने भक्त राज आचार्यको स्वरमा रहेको
“जीवन भनू त घाट छ
मृत्यु भनू सास छ “भन्ने गीतमा जस्तै भैसकेको थिए । यस बिचमा धेरै पटक उसलाई भेट्न मन छ भनिसकेको थिए तर उसले कार्य व्यस्तता रहेकोले भेट्न नसकेको तर मुहार परिवर्तन होला,बोलीचालीमा परिवर्तन भयो होला तर मन उस्तै रहेको जानकारी गरायो । मलाई लागेको थियो मेरो समस्यामा कहिले पनि टाढा हुनेछैन आफ्नै समस्या सम्झेर हल गर्नेछ यसर्थमा म गलत भए ।
अझै पनि उसको यादले धेरै सताउछ म धेरै रात उ सँग फोनमा बोलेको अभिनय गरेर सुत्ने गरेको छु, उठ्ने गरेको छु । हामीले सँगै बसेर समय बिताएको ठाँउमा गएर त्यसरी नै समय बिताउने गरेको छु । त्यसरी नै कफी र चुरोट पिउने गरेको छु । सबैको अगाडि म हासेर बाँचेको छु तर आफैमा म भित्रभित्रै मरिसकेको छु ।
“अदृश्य घाउ छन् पाकेको पिलो जस्तो यो दिल माथी
कसरी कति बस्न सकुला र खरानीको मञ्जिल माथी”
ठिक यस्तै भएको छ अहिले मेरो अवस्था रोग झन् बढ्दै गएको छ डाक्टरको भनाई पिर लिनै हुन्न भन्ने छ म छु कि भष्ट्राचारीलाई सरकारले जति समाते पनि घुस खान नछाड्ने कर्मचारी भएको छु । ठिक कफी जस्तै बनाएको छ उसले हाम्रो सम्बन्ध पनि पिउन मन लागे तितो भएनी मिठै हुने खान मन नलागे, जति चिनी राखेपनि तितो नै रहने । “प्रेम” अहिले यो शब्द सुन्दा निकै डर लाग्छ अहिले पनि उ न प्रेम गर्छु भनेर साथ दिएको छ गर्दिन भनेर म टाढा भएको छ । अहिले जिन्दगी “अगाडी कुवा पछाडि भिर बनेर उभिएको छ “।
जिन्दगी सँग गुनासो छैन, प्रेम सँग गुनासो छैन,न उ सँग नै गुनासो आफै सँग छ यो समाजमा पर्दा र मर्दा एक्लै हुने हो हाँसो र खुशीमा हो साथ हुने भन्ने कुरा बिर्सेर २५ वर्षको उमेर सम्म कसै सँग सम्बन्ध नजोडेको मान्छे,पुतली झै फुर्फुर,फुर्फुर उडिरहने जुनकीरी झै आफ्नो उज्यालो आँफै खोज्ने मान्छे ।
आज नारायण गोपालको स्वरमा रहेको
“यो मुटुलाई कसरी सम्झाइ बुझाउ
पिर यो जिन्दगानीको साहारा एउटै भयो”
ठिक यस्तै भैरहेको छ जिन्दगी । गलामा अड्किएको हाड जस्तै भएको सम्बन्ध निल्नु न ओकल्नु ।
***
प्रतिक्रिया
-
४
-
१०