✍️ सृष्टी मल्ल

कहाँ हिड्दै होलान् ? ती जोडी
आँखामा आँखा जुधाएर
एक अर्काको रहस्य खोतल्दै,

ओठमा ओठ जुधाएर
प्रेमालाप लिइरहेका,

कफीको चुस्कीमा मिठास खोजिरहेका,
चुरोटको धुँवामा जिन्दगीको पिडा उदाइरहेका,

हातमा हात कसिलो गरेर
सम्बन्धलाई कसिलो बनाउन कोसिस गरिरहेका,

हातका रेखाहरू
एक अर्कामा सरोस् भनेर रेखालाई स्पर्श गराइ रहेका,

चलिरहेको नाडीको गति
कति छ ? भन्दै मुटुको धड्कन सँगै महसुस गरिरहेका ,

पाइलामा पाइला मिलाउदै
खुट्टाको खोलको छाप छोड्दै
चक्रपथको लम्बाई सँगै
आफ्नो आयु गनिरहेका
को हुन् तिनीहरू ?

प्रतिक्रिया

सम्बन्धित खवर