विमल नेपाल

म नै कविता भएको बेला
कसरी लेखूँ म कविता?

शारदी सुवास महकिएको बेला,
हावाको गति पनि रोकिए जस्तै,
तिम्रो आगमनले मेरा सबै भावनाहरू
रोकिएका छन्।

शीत बिन्दुमा
पहिलो किरणको स्पर्शका बेला
सूर्य पनि टोलाए जस्तै,
प्रकृतिका शब्द माधुर्य पनि
विलीन भए जस्तै,
तिम्रो पदचापले
खुस्बुले
मुस्कानले,
तिम्रो स्पन्दनका गुन्जनले,
स्पर्श र अङ्गालोले
म निथ्रुक्क भएको बेला
म नै कविता भएको बेला
कसरी लेखूँ म कविता?

प्रिये,
म नै कविता भएको बेला
कसरी लेखूँ म कविता?

***

प्रतिक्रिया

सम्बन्धित खवर