मुरारी बापु, २५ सेप्टेम्बर सन् १९४६ मा गुजरातको तल्गाजर्दामा जन्मिएका हुन् । यिनी प्रसिद्ध हिन्दु कथाकार हुन् । उनको पूरा नाम मोरारीदास प्रभुदास हरियानी हो । यीनले आफ्नो कथालाई दक्षिण अफ़्रिका,युरोपका देश लगायत अमेरिकामा सुनाउँदै आएका छन् । मुरारीको एउटा कथा ९ दिनसम्म चल्छ । यीनले कथाको वर्णन हिन्दी र गुजराती भाषामा गर्छन् । उनको कथामा श्रीराम र तुलसीदासको रामचरितमानससँग सम्बन्धित हुन्छ । आउनोस् आजको विवेक क्याप्सुलमा उनै बापूका अनमोल वाणीमा विचरण गरौँ ।
सत्य बौद्धिक होइन
सत्य हार्दिक हुनु ।
तिम्रो लक्ष्य उच्च छ
तर जसप्रति हाँस्ने कोहि छैनन् भने
सोच्नु तिम्रो लक्ष्य धेरै सानो छ ।
मानिस मृत्युले होइन भयले मर्दछ ।
निष्फल हुनु अपराध होइन बरू निरुत्साहित हुनु अपराध हो ।
असफल हुनु अपराध होइन बरू सफलता प्रति निरुत्साहित हुनु अपराध हो ।
भाग्नु अधिक सजिलो छ
जाग्नु अधिक कठिन छ
भाग्ने होइन, जाग्ने गर
गणित राम्रोसँग सिकेको छैन तर यति थाहा छ कि खुसी बाड्नाले बढ्छ ।
मनुष्य जीवन सबैभन्दा ठूलो चमत्कार हो ।
कोठा भित्ताहरू बन्छ्न् र घर मनहरूले बन्छ ।
आनन्दको अन्तिम सीमा आँसु हो ।
विचारको दान गर्नु सबैभन्दा ठूलो दान हो ।
धेरै सुखी हुनुले विपत्तिलाई जन्म दिन्छ ।
झुठो बोलेर जित्नुभन्दा साँचो बोलेर हार्नु बुद्धिमता हो ।
भविष्यमा मा तपाईंसँग धेरै फुर्सदको समय हुने छ भनेर सोच्नु सबैभन्दा ठूलो भ्रम हो ।
ईश्वर देखिदैन त्यसैले मूल्यवान हुन्छ ।
फूल एकान्तमा फुल्छ र सुगन्धित हुन्छ ।
मानिस पनि एकान्तमा फुल्न र सुगन्ध फैलाउन सक्षम हुन्छ ।
त्यसैले आफ्नो एकान्तलाई सम्हालेर राख ।
यदि कसैले सत्यको व्याख्या गर्न भन्यो भने, शान्त बस्नु, यहि हो सत्यको व्याख्या ।
यदि कसैले प्रेमको व्याख्या गर्न भन्यो भने थोरै मुस्कुराउनु, त्यही हो प्रेम ।
यदि कसैले करुणाको व्याख्या गर्न भन्यो भने, आँखा हल्का भिजाउनु यहि हो करुणाको व्याख्या ।
यदि खोज्नु नै छ भने आफ्नो चिन्ता गर्नेहरूको खोजी गर्नु । तपाईंको उपयोग गर्नेहरूले त तपाईंलाई खोज्नेछ्न् ।
जबसम्म शिक्षाको उद्देश्य नौकरी प्राप्त गर्ने मात्र छ तबसम्म यो समाजमा नोकर मात्र जन्मिन्छन्, मालिक होइन ।
प्रतिक्रिया
-
४
