एरिस्टोटल जसलाई अरस्तुको नामले पनि चिनिन्छ । उनी महान् युनानी दार्शनिक, वैज्ञानिक र अनुसन्धानकर्ता थिए । उनले आफ्नो जीवनकालमा महान उपयोगी ग्रन्थहरूको गरे । उनको दुरदर्शिताले विश्वको महान दार्शनिकको पहिचान दिलाएको थियो ।

विश्व विजयी गर्ने उद्देश्य राखेका सिकन्दरले समेत उनलाई गुरु मानेर हिँड्थे । उनले रचना गरेका दर्शन आजको वर्तमान परिस्थितिमा पनि उत्तिकै प्रासंगिक मानिन्छ । आउनोस् आजको विवेक क्याप्सुलमा उनै दार्शनिकका अनमोल विचारहरूमा विचरण गरौँ ।

खुसी व्यक्तिको सोचमा निर्भर हुन्छ ।

प्रकृतिद्वारा सिर्जित सबै कुरामा अद्भुत क्षमता हुन्छ ।

असल व्यवहारले नै असल गुण सिर्जित हुन्छ ।

मित्रता यस्तो नाता हो : जसमा दुईवटा मुटुमा एउटै आत्मा धड्किन्छ ।

प्रायः युवाहरूले एउटै कुरामा धोका खान्छ्न, उनीहरू निर्णय लिँदा हतारिन्छ्न् ।

श्रेष्ठ व्यक्ति त्यहीँ बन्छ जसले दुख र चुनौतीलाई ईश्वरको आज्ञा सम्झेर स्वीकार भावले अगाडि बढ्छ ।

क्रोधित हुनु स्वभाविक हो तर यसलाई नियन्त्रण गर्न सक्नु महापुरुषको निसानी हो ।

शिक्षित र अशिक्षितमा यति नै अन्तर हुन्छ जति मृतक र जीवितमा हुन्छ ।

जो डरबाट नियंत्रित हुनसक्छ त्यो व्यक्ति हरेक कुराबाट स्वतन्त्र हुनसक्छ ।

कार्यमा आनन्दित हुनुले कार्यमा गुण निम्त्याउँछ ।

आशाले जागेरै सपना देखाउन मद्दत गर्छ ।

मानिस स्वभावैले राजनैतिक प्राणी हो ।

एउटा निश्चित समयपछि पैसाको कुनै महत्व हुन्न ।

खराब स्वभाव भएका मानिस पश्यतापको आगोमा जलिरहन्छ्न् ।

यदि आलोचनासँग डराउँछौ भने केही पनि नगर, केही पनि नभन र केहि पनि नबन ।

जुन कुरालाई हामी बारम्बार गर्छौ त्यहीँ आदत बन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर