महान दार्शनिक सुकरातको जन्म ग्रीसको एक प्राचीन नगर एथेंसमा ईसा पुर्व ४६९÷४७० मा भएको थियो।उनले आफ्नो शिक्षालाई कहिल्यै पुस्तकको रूप दिएनन् ।उनको धेरै जसो विचारहरू महान शिष्य प्लेटो र जेनोफोनको माध्यमबाट पाइन्छ। उनको विचार पाश्चात्य दर्शन र तर्कशास्त्रको आधार मानिन्छ। सुकरातको विचारहरू जनतामा यति धरै लोकप्रिय थियो कि राजतन्त्र भयवित भएर ३९९ ईसा पुर्वमा उनलाई बिष सेवन गराएर हत्या गरियो। आउनुस् आजको विवेक क्याप्सुलमा आज उनै महान दार्शनिक सुकरातको अनमोल विचारमा विचरण गरौँ ।

– जिउनु मात्रले अर्थ राख्दैन। सच्चाईको साथमा जिउनुले अर्थ राख्दछ।

-म जीवित व्यक्तिहरूमा सबैभन्दा बुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केही आउदैन्।

-मुल्यहीन व्यक्तिहरू केवल खान र पिउनको लागि जिउँछन्।

-मूल्यवान व्यक्तिहरू जिउँनको लागि खाने र पिउने गर्छन।

-त्यो व्यक्ति सबैभन्दा धनवान हो ,जो अधिकतम कुरामा सन्तुष्ट हुन सक्छन, किनभने सन्तुष्टि प्रकृतिको सम्पत्ति हो।

-मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ।

-जस्तुसुकै अवस्थामा बिहे गर्नुपर्छ। यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ तर खराब श्रीमती प्राप्त भयो भने तपाईं दार्शनिक बन्नु हुनेछ।

-सौन्दर्य अल्पकालीन अत्याचार हो।

-जहाँ सम्मान हुन्छ त्यहाँ डर हुन्छ। तर हरेक डरमा सम्मान हुँदैन । किनभने सम्भवतः डर सम्मानभन्दा धेरै व्यापक छ।

-हाम्रो प्रार्थना वरदानको लागि भन्दा आशीर्वादको लागि हुनपर्छ। किनभने भगवानलाई सबै थाहा छ हाम्रो लागि सहि के हो भनेर।

-प्रायः तपाईको गहन इच्छाले नै विकराल घृणाको जन्म हुन्छ।

-झुठो शब्द आफैमा मात्र खराब हुदैन । यसले तपाईको आत्मालाई पनि संक्रमित बनाउछ।

-आफ्नो अमूल्य समयलाई अरूले लेखेको भोगेको कुराबाट आफैलाई सुधार्नतर्फ लाग । किनभने तिमीले त्यो कुरा सजिलै थाह पाउदैछौ जुनकुरा उनीहरूले कठिन मेहनत र भोगाईबाट पत्ता लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर