विश्वप्रसिद्ध सैद्धान्तिक भौतिकवाद तथा बैज्ञानिक अल्बर्ट आइन्स्टाईनको जन्म सन् १८७९ १४ मार्च उल्म वुर्ट्ट्बर्ग , जर्मन सम्राज्यमा भएको थियो ।
यनी सापेक्षताको सिद्धान्त र द्रव्यमान-उर्जा समीकरणको लागि विश्वप्रशिद्ध छन् । दुनियाँलाई ब्रह्माण्डको नियमको बारेमा सम्झाउनुको साथै उनको रिसर्चको माध्यमबाट आज विज्ञानको धेरै कुरा सुल्झिन सम्भव भएको छ । उनलाई प्रकाश-बिद्दुत उत्सर्जनको खोजको लागि सन् १९२१ मा नोबेल पुरस्कारद्धारा सम्मानित गरिएको थियो । उनको सन् १९५५ अप्रिल१८ मा देहान्त भएको थियो ।
आजको विवेक क्याप्सुल स्तम्भमा उनको अनमोल विचारहरूमा विचरण गरौँ ।
***
– यो दुनियाँ भयानक हुनुमा खराब मान्छेको खासै योगदान हुदैन् बरू यसकारण भयानक हुन्छ कि जसले अनैतिक कार्य हेरेर बस्छन र त्यसलाई हुन दिन्छन् ।
* सत्य र ज्ञानको खोजीमा निरन्तर लागीरहनु नै कुनै पनि व्यक्तिको विशेषता हो ।
* ज्ञान भन्दा कल्पना धेरै आवश्यकता छ ।
* समस्या भित्र नै अवसर लुकेको हुन्छ ।
* जिन्दगी जिउने दुई तरिका छ । पहिलो यहाँ कुनै चमत्कार हुँदैन् । दोश्रो संसारको सबै कुरा चमत्कार हो ।
* व्यक्ती मुल्यावान, प्राप्त गरेर हुँदैन्, बरू केही दिएर हुन्छ ।
* म स्वर्ग वा नर्क दुबैलाई असल र खराब भन्दिन किनभने मेरा साथीहरू दुबै ठाउँमा बस्छन् ।
* व्यक्तित्व सुनेर वा देखेर बन्दैन्, मेहनत र काम गर्नाले बन्छ ।
* परिस्थिति मनुष्य भन्दा बलियो हुन्छ ।
* प्रेममा फस्नुमा गुरूत्वाकर्षणको कुनै भूमिका हुन्न ।
* एउटै कुरालाई बारम्बार दोहोर्याएर फरक परिणामको आशा गर्नु पागलपन हो ।
* खेलको नियम सिकेर मात्रै कुनै पनि खेल उत्कृष्ट खेल्न सकिन्छ ।
* हामीले आफ्नो समस्यालाई त्यही सोचबाट समाधान गर्न सक्दैनौँ, जुन सोचबाट समस्या उत्पन्न भएको छ ।
—
संकलक – जनक कार्की
प्रतिक्रिया
-
४
