बराक ओबामाको पूरा नाम बराक हुसैन ओबामा हो । उनको जन्म सन् १९६१ अगस्ट ४ मा भएको हो । ओबामा असम्भलाई सम्भव (अश्वेत प्रथम राष्ट्रपति) गरेर देखाउने व्यक्तिका रूपमा परिचित ओबामा अमेरिकाको ४४ औं अफ्रिकी मूलका राष्ट्रपति हुन् । उनी सबैभन्दा सफल राष्ट्रपतिको रूपमा कहलिएका छन् । दुनियाँको शक्तिशाली व्यक्तिमा उनलाई स्मरण गरिन्छ ।

उच्च माध्यमिक तहको पढाई सकेर उनले ओक्सिडेन्टल कलेज लस एन्जल्समा दुईवर्ष अध्यन गरे । त्यहाँ उनी कालो वर्णकै भएकै कारणले अप्ठ्यारो परिस्थितिसँग जुध्न पर्‍यो ।

त्यसपछि सन् १९८३ मा कोलम्बिया विश्वविद्यालय न्यु योर्क सिटिमा पोलिटिकल साइन्समा स्नातक गरे । दुई वर्ष व्यवसायीक क्षेत्रमा गरेपछि सन् १९८५ मा शिकागो गएर गार्डेन समुदायमा न्यून आय भएका समुदायमा आयोजक भएर काम गरे ।

ओबामाले सन् १९९५ मा ‘ड्रिम्स फ्रम माई फादर’ नामक आत्मकथा लेखेका थिए । सो पुस्तक निकै लोकप्रिय भयो र यो धेरै भाषमा अनुवादित पनि भयो । यसको बाल संस्करण पनि प्रकाशित भएको थियो।

उनी राष्ट्रपति भएर दुईवटा कार्यकाल समालेर अत्याधिक सफलता हात पारे । आजको विवेक क्याप्सुलमा उनै प्रेरणादायी व्यक्तित्वको जीवन जिउने कला सिकाउले अनमोल विचारहरू प्रस्तुत गरेका छौँ । ्

लोकतान्त्रिक व्यवस्थामा एउटा नागरिकको भूमिका मताधिकारमा मात्र सिमित हुँदैन ।

परिवर्तनको लागि उठाइने लाखौं आवाजको शक्तिको सामुन्ने कुनै कुरा टिक्न सक्दैन ।

परिवर्तन सजिलो पक्कै हुन्न तर सम्भव अवश्य हुन्छ ।

भविष्यले उनीहरूलाई मात्र पुरस्कृत गर्छ, जसले निरन्तर प्रयास गर्छ । मसँग पछुतोको लागि कुनै समय छैन न त आलोचनाको लागि । म सदैव प्रयत्नशील छु ।

धार्मिक स्वतन्त्रताको अर्थ यो होइन कि तिमी अन्य व्यक्तिलाई आफ्नो धर्मको आस्था अनुसार जिउन बाध्य बनाउन मिल्छ ।

यदि तिमीले आफ्नो मुठ्ठी खुल्लै राख्यौ भने मात्र म आफ्नो हात अगाडि बढाउँछु ।

असफलतालाई आफैद्वारा परिभाषित हुन नदेऊ ।

कोसिस नगर्नको लागि कुनै बाहाना छैन ।

जब महिला सफल भए, अमेरिकाले सफलाता प्राप्त गर्‍यो ।

परिवर्तन तब आउँदैन जब कसैले अर्को व्यक्ति वा वक्तालाई पर्खन्छ, हामी त्यो व्यक्ति हौं जसलाई हामीले पर्खिरहेका छौं। हामीलाई चाहिने परिवर्तन हामी हौं।

परिवर्तनको लागि कसैको प्रतीक्षा गरेर बस्नु मुर्खता हो । तिमी त्यही व्यक्ती हौ जसले परिवर्तन ल्याउन सक्छ ।

मलाई क्रिकेटको ज्ञान छैन तर सचिन तेण्डुलकर खेलेको हेर्न चाहन्छु । मलाई सचिन खेल मन परेर यो चाह राखेको होइन । बरू यसकारण कि जब सचिनले ब्याटिङ गर्छ्न् मेरो देशको प्रोडक्सन प्रतिशत किन घटछ ?

ईश्वरलाई स्मरण गर अनि सधै सत्य बोल । हो, म गर्न सक्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर