एडल्फ हिटलर अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय मजदुर पार्टी जर्मन (नाजी) का नेता थिए । उनी विश्वका क्रूर शासकहरूमा गनिन्छन् । उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनका शासक थिए ।

उनी नाजीवाद तथा दोस्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए । उनी क्रुर शासक भएपनि उनको हिम्मत,साहस र आफ्नो बौद्धिकताको लागि प्रंशसनीय नै छन् । आउनोस् आज उनका जीवन बदल्ने अनमोल विचारहरूसँग विचरण गरौँ ।

—-

जीतमा त हर कोहि खुसी हुन्छ तर, शक्तिशाली त्यहीँ हो जो हारमा पनि मुस्कुराउन सक्छ ।

•••

अरूले के भन्ला भनेर त्यो गर्न कहिले नछोड जे गर्दा तिमीलाई आनन्द प्राप्त हुन्छ ।

•••

कुनै क्षेत्रमा इमानदारीतालाई मूर्खको संज्ञा दिइन्छ ।

•••

जिन्दगीले कहिले पनि कमजोरीलाई माफ गर्दैन ।

•••

कुनै पनि निर्णय गर्नु अगावै हजारपटक सोच्नु तर निर्णय लिइसकेपछि पछाडि फर्केर नहेर्नु, भलै हजारौं समस्याको सामना गर्न किन नपरोस् ।

•••

शब्दद्वारा यस्तो ठाउँमा पुग्न सकिन्छ जहाँ तिमी कहिले पुगेका छैनौ ।

•••

शक्तिशाली व्यक्ति सधैँ एक्लै हुन्छ ।

•••

मैले केवल त्यहीं चिजलाई प्रेम गर्छु, जसलाई माया गर्छु । मात्र त्यहीं कुरालाई प्रेम गर्छु, जसलाई इज्जत गर्छु । र त्यहीँ कुरालाई मात्र इज्जत गर्छु, जसको बारेमा थोरै भ जानकारी होस् ।

•••
मृत्युपश्चात् यदि तिम्रो खातामा अतिरिक्त धन देखियो भने,अतिरिक्त धन गैर कार्य हो, जुन तिमीले गर्न हुन्थेन तर गर्‍यौ ।

•••

यदि तिमीलाई सुर्य जसरी चम्किनु छ भने पहिला सुर्य जसरी जल्न सिक ।

•••

आफ्नो तुलना कसैसँग पनि नगर्नु यदि यस्तो गर्छौ भने तिमी आफ्नै इज्जत गर्दैनौ ।

•••

जिन्दगी एउटा खेल जस्तै हो जहाँ धेरै खेलाडीहरू छन्, यदि तिमी उनीहरूसँग खेलेनौ भने उनीहरू तिमीसँग खेल्ने छन् ।

•••

यदि जिन्दगीले सयौं पटक रुवाउँछ भने तिमी पनि मुस्कुराउनु सयौं कारण खोज ।

•••

संसारमा सत्यभन्दा महत्व जीतको हुन्छ ।

•••

जो मृत्यु देखि डराउदैन उही बाँच्न लायक हुन्छ ।

•••

बहुमतले कायर र मूर्खको प्रतिनिधित्व गर्छ ।

•••

जबसम्म तिमी उज्यालोमा रहन्छौ, सबैले पछ्याउने छन् । जब तिमी अँध्यारोमा हुन्छौ, आफ्नै छायाले साथ छोड्छ ।

***
संकलक – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर