✍️ निर्मल आग्रह

 

समाजविद्हरूले सहरबाट पसिनाको बिभिन्न सेम्पलहरू सङ्ग्रह गरेर प्रयोगशालामा ल्याएका छन ।

एक अध्ययन अनुसार –

पसिनाको समाजशास्त्रिय भेद भनेको त्यस्को गन्ध
र रङ्गमा लुकेको रहस्य हो ।
आधा अर्थ गन्धले खोल्छ
आधा रङ्गले ।।

बड़े बड़े घरका मानिसहरूको पसिना
हल्का सुनौलो, इत्र जस्तो गन्हाउने हुन्छ ,
अतिरिक्त क्यालोरी र दिनभर एयर कंडिसनमा बसिबस्ने हुनाले
तिनीहरू विहान वेलुकी जिम जान्छन् पसिना बगाउन ।

एक खटीखाने परिश्रमी मानिसको रङ्ग मटमैलो हुन्छ
तीब्र अमिलो हुन्छ स्वाद
र गन्ध पनि उस्तै ।
त्यस्को रङ्ग यति खतरनाक हुनसक्छ कि हेर्नलाई आँखामा ग्लास लगाउनु पर्ला
या नाक रुमालले ढाक्नु पर्ला ।

पसिनाको आणविक संरचनाले तिनको समाजशास्त्रिय भेद बुझ्न सकिन्दैन
रङ्ग र गन्धले मात्र ।

मेहनत गरेर शरीरबाट पसिना चुहुनु र चुहाउनु दुर्इ
अलग्ग कुरा हुन ।यो बुझ्नको लागि पहिले बुझ्न जरूरी छ पसिनाको कुन छालाको हो ।
एसी मोटरमा बसेर पशु क्लिनिक जाँदै गरेको मालिकको डगीको हो कि खेतबारीमा ग्रीष्मको टण्टलापुर घाममा पनि दिनभर हलो चलाउने
गोरुको ।

प्रतिक्रिया

सम्बन्धित खवर