केही नेपाली साहित्य, र लेख रचनाहरूमा शिवलिङ्गलाई मजाक बनाएर प्रस्तुत गरिन्छ । त्यसरी लेख्दा शिव पुराण अध्यन गरेर कति जनाले लेखे होलान् ? वा मनगणन्ते मनोवाद लेखेर आफ्नो अल्पज्ञानको परिचय दिदैछौँ ।

“शिवको शिश्नमा ढोग्ने , दूध चढाउने र जल चढाउने पाखण्डी हुन् , लिंगमा पूजा गर्ने पनि धर्म हुन्छ ?” , यसरी प्रश्नहरूको खोइरो खनिएकै छ्न् । के शिवलिङ्ग शिवको शिश्न हो त ?

शिवपुराणमा शिवलिङ्गलाई के भनिएको छ । आउनोस् केही चर्चा गरौँ ।

शिवलिङ्ग भगवान शिवको आदि-अनादि स्वरूप हो । शून्य आकाश , अनन्त , ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतीक भएकोले लिंग भनिएको हो । शिवलिंग पिण्डको आकृती हाम्रो आत्माको ज्योती जस्तै हुन्छ ।

शिव शम्भु आदि र अनादिको देवता हुन् । यिनको कुनै स्वरूप र आकार छैन । शिव निराकार छ्न् । आदि र अन्त्य नभएकोले लिङ्गलाई शिवको निराकार रूप मानिन्छ । रूपमा उनलाई शंकर स्थापित गरेर पूजा गरिन्छ । शिवको अर्थ हो – “परम कल्याणकारी” र लिङ्गको अर्थ हो – “सिर्जन।”

वेद अनुसारः–

वेद र वेदान्तमा लिंग शब्दलाई सूक्ष्म शरीर भनेर बुझिन्छ । सूक्ष्म शरीर १७ वटा तत्व मिलेर बनेको हुन्छ । मन , बुद्धि ,५ ज्ञानेन्दृय ,५ कर्मेन्दृय र ५ वायु । वायु पुराणको अनुसार प्रलयकालमा समस्त सृष्टि जे मा लिन हुन्छ र पुनः सृष्टिकालमा जसमा प्रकट हुन्छ ः त्यसलाई नै लिङ्ग भनिन्छ । यसप्रकार विश्वको सम्पूर्ण ऊर्जा नै लिंगको प्रतीक हो ।

पौराणिक कथा अनुसारः–

समुन्द्र मन्थनको समयमा देवता र दानवको युद्धबाट निक्लिएको विषको विकारबाट सृष्टिलाई बचाउनको लागि शिवले उक्त विष कण्ठमा ग्रहण गरे । उक्त विषले शिवको शरीरको दाह बढ्यो । त्यहीँ दाह शमनको लागि शिवलिङ्गमा जल चढाउने परम्परा प्रारम्भ भयो ।

स्कन्दपुराणः
आकाश नै लिङ्ग हो । धरती आधार हो । सबै अनन्त शून्यबाट सिर्जित छ । त्यसमा लय हुनुको कारण लिंग भनिन्छ ।

विश्वको सम्पूर्ण उर्जा नै लिंगको प्रतीक हो ।सम्पूर्ण सृष्टि बिन्दु नाद स्वरूप छ । बिन्दु एवं नाद अर्थात शिवको संयुक्त रूप नै शिवलिङ्गमा अवस्थित छ । ब्रह्माण्डको प्रतीक ज्योतिर्लिङ्ग हो ।
शिवलिङ्गको आकार प्रकार ब्रह्माण्डमा घुमिरहन्छ । शिवलिंग ब्रह्माण्डमा घुमिरहेको पिण्डको प्रतीक हो ।

शिव शुत्र र शिव पुराण एउटा अनन्त ज्ञानको स्रोत हो । यसलाई धर्मसँग जोडेर हेरिनु नै लज्जास्पद कुरा हो । यस जगतका सात अरब मान्छेको यसमा हक र अधिकार छ । यसरी हिन्दु वा सनातन धर्ममा मात्र यसलाई खुम्चाएर राखिनुको प्रमुख दोष सम्पूर्ण कथित हिन्दु धर्म अभियन्तालाई जान्छ ।

दुःस्वप्नदुःशकुन दुर्गतिदौर्मनस्य,दुर्भिक्षदु‌र्व्यसन दुस्सहदुर्यशांसि।उत्पाततापविषभीतिमसद्ग्रहार्ति,व्याधीश्चनाशयतुमे जगतातमीशः॥

साथमा शिवका अनमोल वचनहरू व्याख्या सहित प्रस्तुत छ ।

कल्पना ज्ञानभन्दा महत्त्वपूर्ण हुन्छ ।

अर्थ: आइन्सटाइनभन्दा पहिले नै भगवान शिवले कल्पनालाई ज्ञानभन्दा महत्वपूर्ण बताएका छन् । हामी जस्तो कल्पना र विचार गर्छौं, त्यस्तै हुन्छौं । सपना पनि कल्पना हो । शिवले यसैलाई आधार बनाएए ११२ वटा ध्यानको विधा विकास गरेका हुन् । प्राय मान्छेले आफ्नो वा अरूका बारेमा खराब कल्पना गर्दछन् । संसारमा अपराध फैलनुमा पनि सामुहिक रूपमा गरिएको अगतिलो कल्पना नै हो ।

परिवर्तनका लागि आवश्यक छ ध्यान ।

अर्थ: मात्र उपदेशले परिवर्तन हुन कठिन हुन्छ ।
भगवान शिवले अमरनाथ गुफामा माता पार्वतीलाई मोक्षको दीक्षा दिएका थिए । पार्वती र शिवका बिच जे संवदा भयो त्यसलाई ‘विज्ञान भैरव तन्त्र’मा सङ्ग्रहीत गरिएको छ ।

शून्यमा प्रवेश गर ।

अर्थ: विज्ञान भैरव तन्त्रमा शिवले पार्वतीलाई भन्छन, ञआधारहीन,शाश्वत, निश्चल आकाशमा प्रविष्ट हुनु । त्यो तिमी भित्र छ ।
मनुष्य पशुतुल्य हुन्छ ।

अर्थ: जबसम्म मानिसमा राग, द्वेष, ईर्ष्या, वैमनस्य, अपमान, हिंसा जस्ता आचरण रहन्छ, तबसम्म पशुकै हिस्सा हुन्छ । पशुताबाट मुक्त हुनका लागि ध्यान र भक्ति जरूरी हुन्छ ।

मृत्यु सिक ।

अर्थः यदि यो जिन्दगीमा केही सिक्न छ भने मृत्यु सिक्नु । जसले मृत्यु सिक्दछ, उसैले सुन्दर ढंगबाट जिउन जान्दछ ।

प्रकृतिलाई सम्मान गर ।

अर्थ: प्रकृतिले हामीलाई जीवन दिएको हो । यसलाई सम्मान गर । जसले यसलाई अपमान गर्छ सम्झ मेरो अपमान गर्नु हो । संसारका हरेक काम प्रकृतिको नियमबाट गरिएको हुन्छ । तर मान्छेको अहंकारले गर्दा यो सब मैले नै गरेको भन्ने भ्रम हुन्छ ।

विस्मयो योगभूमिकाः।
स्वपदंशक्ति।
वितर्क आत्मज्ञानमू।
लोकानन्दः समाधिसुखम्।

अर्थः विस्मय योगको भूमिका हो, स्वयंमा स्थित हुनु नै शक्ति हो । वितर्क अर्थात विवेक आत्मज्ञानको साधन हो । अस्तित्व आनन्द भोग गर्नु नै समाधि हो ।

आत्‍मा चित्‍तम्।
कलादीनां तत्‍वानामविवेको माया।
मोहावरणात् सिद्धिः।
जाग्रद् द्वितीय करः।

अर्थ: आत्मा चित्त हो । कला आदि तत्वको अविवेक नै माया हो । मोह आवरणयुक्त सिद्धीबात फलित त हुन्छ तर आत्मज्ञान प्राप्त हुँदैन ।स्थायी रूपमा मोहमाथी विजयी भएपछि मात्र सहज विद्या फलित हुन्छ । यस्तो जागृत योगीको सारा जगत मेरै किरणले
प्रस्फुरण हुन्छ, यस्तो बोध हुन्छ ।

आफ्नो जागरुकताको विस्तार गर । अन्य प्राणीहरूको शरीरमा आफ्नो जागरुकताको विस्तार गरेर महसुस गर के सोच्छ्न् उनीहरू । आफ्नो शरीरको जागरुकतालाई एकतर्फ छोडिदेऊ ।

प्रतिक्रिया

सम्बन्धित खवर