भगवान् सिद्धार्थ बुद्ध बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो ।
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी. ल्हुङ्गबेनी मा भएको थियो ।
उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। सिद्धार्थ बुद्धको कथा अनुसार उनी पुर्व जन्मका बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे ।
कठिन ध्यान र खोजको माध्ययमबाट दुस्ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे ।
भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।
भगवान गौतम बुद्धले दिएको प्रमुख उपदेशहरू यसप्रकार छन ।
क. सधैं साँचो बोल्नु, झुटो कहिल्यै नबोल्नु
ख. लोभी नुहुनु
ग. अर्काको कुनै पनि चिज नचोर्नु
घ. सबै प्राणीलाई दया गर्नु
ङ. शुद्ध आचरणमा रहनु
च. सानो भनेर कसैलाई हेला नगर्नु
छ. ठूला तथा मान्यजनको आज्ञा पालन गर्नु
गौतम बुद्धका महान वाणीहरू
१. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालो हुन्छ ।
२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
३. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।
४. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।
५. शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।
६. इर्ष्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हाँसोको स्थान हुन सक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन गर्नुहुँदैन ?
७. एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन९मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ ।
८. सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमी जस्तै हो । कसैलाई दुःख नदेउ, कसैलाई नमार ।
९. एक पलले एक दिनलाई बदल्न सक्छ एक दिनले एक जीवनलाई बदल्न सक्छ अनि जीवनले यो पुरै दुनियालाई बदल्न सक्छ ।
१०. जुन व्यक्तिको मन शान्त हुन्छ, जुन व्यक्तिहरु बोल्छन र आफ्नो काम गरेको समयमा शान्त रहन्छन, उनीहरु यस्तो व्यक्ति हुन्छन जस्ले सत्यलाई प्राप्त गरेका हुन्छन अनि दुख र समस्याबाट मुक्त भएका हुन्छन ।
११. जसरी माटो आकाशमा फाल्दा, यो आफ्नै मुखभरि खस्दछ, त्यसतै मूर्खहरू असल मानिसहरूलाई हानी गर्ने प्रयास गर्छन् भने, उनीहरूको आफ्नै हानी हुने गर्छ ।
१२. मार्ग आकाशमा छैन, त्यो मार्ग मुटुमा छ र सधैं सम्झना गर्नुहोस् कि खराब काम गर्नु भनेको तपाईंको दिमागमा बोझ बोक्नु हो ।
१३. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
१४. तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।
प्रतिक्रिया
-
४
