– अनुप जोशी

१ मुक्तक
तेरै मुटुभित्र बास बनाउने हो
अरुको भन्दा खास बनाउने हो
धेरै भाउ के खोज्छौ काली तिमी
एकदिन प्रेमकै दास बनाउने हो

२,
सपनाहरु टुटाएर जान्छै भने नाई भन्दिन
नछुट्ने बाचा कसम खान्छै भने नाई भन्दिन
कहिले काँही दारू खान्छु अलि अलि कमाउछु
सबै कुरा थाहाँ पाउदा मान्छै भने नाई भन्दिन

३,
आफूलाई साबित गर्नु जल्नु पर्छ नेपाल हो नि
सपना जिम्मेवारी सबै भुल्नु पर्छ नेपाल हो नि
जहिले सम्म बलत्कारी पापी सात्तामा छन्
तबसम्म गरिबले खाडीमा मर्नु पर्छ नेपाल हो नि
४,
बनाउनु मन थियो मनमा घर कहिल्यै सम्भव भ‌एन
गरि रहदा पनि बारम्बार कर कहिल्यै सम्भव भ‌एन
आफ्नै मायाको पनि धेरै बिश्वास नगर्नु रहेछ
आउछन् जान्छन् भन्ने डर कहिल्यै सम्भव भ‌एन
५,
जिन्दगीको अन्तिम कात्रोमा गोजी हुदैन
मसान घाटमा लासको कुनै रोजी हुदैन
अरुलाई दोस लाउन कति भाग्छैउ मान्छे
मरेपछि तपाईं को नि कतै खोजी हुदैन

***

प्रतिक्रिया

सम्बन्धित खवर