– दिप मंग्राती

गोधुलीको रक्तिम आभाले पश्चिम क्षितिज नौतून दुलही जस्तै सृङारिक देखिन्थ्यो। दूर क्षितिजमा चराहरु आफ्नो बसेरामा पुग्न आतुर उडीरहेका थिए। असोजको महिना , काठमाण्डुको वातावरणमा चिसोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको थियो।

“जाडो भयो….?” दर्शनले मौनता भंगगर्दै पूजालाई सोध्यो।
“छैन” पूजाको छोटो उत्तर
“अनि त्यो हातको काँढा चाहिं किन निस्केको हरे, जाडो नभए,?”
“तेसो भए काँढा चाहिँ मलाई हेर्न निस्केकाहोलान। तिम्रो आँखाको बदलामा। आँखालेत जमिन्तिर मात्रै हेरिरहेका छन, अघिदेखि। म त यहाँ छुइन जस्तै गरेर। के रहेछ जमिनमा तेस्तो नियालेर हेर्नु पर्ने कुरा।”
माहोललाई सहज बनाउने हेतुले दर्शनले कुराको थालनी गर्‍यो।

“येस्तो केही होइन” नजर उठाएर दर्शन्तिर हेर्दै ।
हल्का मुस्कान, लजालु आँखाको प्रभाव गोरो मुहारमा छरपस्ट फैलिएका….!

लामो बदामी आँखालाई घना बाक्लो परेलीहरुले छपक्क सिंगारेको। पातलो ओठमा हल्का लिपिस्टिक, आफैमा गुलाबको फंखुडी जस्तै प्रतित। गोरो मखमली गालामा स्पर्स गर्दै हावाको झोँकासगै चचहुइ गरिरहेका कपालका केहि त्यान्द्राहरुले दर्शनको युवा मनलाई लोभ्याइरहेको थियो। समग्रमा पूजा
बिछ्ट्टै राम्री थी, कहिँ कतै खोट लाउने ठाउँ थिएन।

घरी घरी पूजा चोरी नजरले दर्शन्लाई हेर्थी। दर्शनले आफुलाईनै निहालिरहेको पाएर पून जमिनतिर हेर्थी, सर्माउदै…!

दर्शन र उसको परिवार पूजालाई हेर्न र कुरो मिले बिबाहाको छिनिफानो गर्ने हिसाबले आएका थिए। तेसैले यहाँ छतमा एकान्तमा एकापसलाई बुझ्नको लागी भनेर परिवारले पठाएका थिए।

“भनेपछि, तिमीलाई होस्टेलमा हुँदा ग्याङ्ग रेप भएको थियो? ” दर्शनले मौनता भङ्ग गर्दै भन्यो।
“मैले तपाईलाई फोनमै सबै कुरा भनिसकेको छु, फेरि दोहोराउनुको के अर्थ।”उनको मलिन उत्तर।
“उम …! त्यो पनि हो। ”
“परिवारलाई भनेनौ..?”पुन प्रस्न
“हिम्मत भएन, सबैलाई किन पेरेसानि दिनु? घरको माहोल बिगार्न मन लागेन।”
“यसरि त अपराधीको झन हौसला बढ्छ नि?”
“बद्नामी पनि त तेतिकै हुन्छ”
दर्शन केही बोलेन किनकी विषय गम्भीर थियो। पूजाको चोटलाई धेरै कुरेद्न पनि चाहेन।
“कृर्पया कसैलाई नभनिदिनु होला” मेरो आमाबुवाले थाहा पाउनुभयो भने यस्तो झट्का सहन सक्नुहुन्न” अनुरोध।
“उम….! म किन भन्नु यस्तो कुरा”
“अनि मलाई चाहिँ किन भनेउ त?
“जरुरी थियो, झुठको बुनियादबाट सुरुभएको सम्बन्ध दिगो हुदैन। पछि कसैबाट थाहा भएमा दुबैको जीवन बर्बाद हुन्छ।”

“त्यो पनि हो। दर्शनको छोटो उत्तर।
“मेरो बारेमा केहि सोध्नु छकी…?”दर्शनले फेरि सोध्यो।
“छैन…! नजाने गाउँको बाटो किन सोध्नु” आवाजमा केहि पीडा…!

“हामी जाउँ त…! सबै हामीलाई नै पर्खि रहेका होलान।”
पूजा केहि नबोलि उठी।
दुबै तल गए, सिटिङ्ग रुममा हँसिमजाकको माहोलमा गफ चलिरहेको थियो। दुबै परिवार खुशी देखिन्थे। उनिहरु दुबै पक्ष्लाई यो रिस्ता सहर्ष मन्जुर थियो सायद।

नहोस पनि किन, दुबै पक्ष्को हैसियत पनि मिल्ने, घरना, कुल कुटुम्ब पनि छेक्थुन थिएन। दर्शन लण्डन बाट सिभिल इन्जिनियरिङ्ग मा मास्टर गरेर आफ्नै कन्स्ट्रक्सन कम्पनिमा कार्यरत थियो। पूजा आफै पनि आइ टि इन्जिनियर, उसको परिवार आफैमा सफल ब्यापारी घराना। के बाधा हुन सक्थ्यो।

दर्शन गएर बाउको नजिक बस्यो, पूजा गएर आमा नजिक बसी।
“अनि..! दर्शन…! भयो कुराकानी?” आमाले सोध्नु भयो दर्शनलाई
“भयो आमा , मलाई त ……! बाक्य अधुरो राखेर पूजातिर हेर्‍यो।
पूजाको गला सुकेर आयो, धड्कन रोकिएजस्तो , ऊ टक्टकी लगाएर दर्शनलाई हेरिरहेकी थी।
“मलाई त कुनै आपति छैन पुजालाई आपति छ की…?” प्रश्न बाचक दृष्टीले पुजालाई हेर्दै।
आश्चर्यले घनिभूत पूजा,उसको रियेक्सन स्वाभाबिक थियो, कुन छोरा मान्छे तेस्तोहोला जो ग्याङ्ग रेप भएको युवतीलाई दुलही बनाउन मन्जुर हुन्छ।
यतिकैमा पुजाको मोबाइलमा मेसेज आयो, जुन दर्शनले पठाएको थियो।

मेसेज पुजा र उसको साथि आरती बीच भएको चाटिङ को स्क्रीन सट थियो। “दर्शनले बिबाहा नगरोस भन्नका लागी झुठो रेप भएको कुरा दर्शन लाई भनि दिए ” भनेर आरतिलाई भनेकी थी च्याटमा।
उसले झन आस्चर्य भएर दर्शनलाई हेरी, प्रश्नबाचक नजरले।
दर्शनले पनि कसैले नदेख्ने गरि आँखा झिम्काइदियो। हल्का मुस्कान सहित।

पूजा आस्चर्यको धङधङीबाट बाहीर निस्किन पाएकै थिन, आरतीको आगमन।पूजा झनबिस्मित….!
“पूजाले आरतिलाई हेरी प्रश्नबाचक दृष्टिले”अर्थात यता कसरि आज…?
आरतीले पुजाको आमाबुवालाई प्रणाम गरी।
“मेरो छोरी आरती, केहि काम परेकोले सगै आउन सकिन।” दर्शनको आमाले छोरीको परिचय गराउनु भयो।
“यसैले रोजेकी आफ्नो भाउजु, आफ्नै साथी।”
यता पूजाको दिमाग खराब
“तँ…! आरती कि बच्ची…! पख तलाई….!”
“न.. न…! भाउजू, हाम्रो संस्कारमा नन्धलाई तपाई भनिन्छ।”
“पख तँ नन्धकी बच्ची…!पहिले किन भनिनस।”
“पहिले भनेको भए, यति राम्रो सीन काहां हुन्थ्यो मेरी प्यारी भाउजू ..!पूजालाई चिढ्याउने लवजमा।”
आमाबाउहरु अलमल्लको अवस्था, केहि बुझिरहेका थिएनन यथार्थ।
पुजाले लखेटी आरतीलाई….!
“आरती भित्र भागी, दादा बचाउनु…..! ”
कुनामा दबोची पुजाले आरतीलाई….!
“हेर है फेरि पछि बिहा भएपछि यति सताउछु नि फेरि….!नन्धको कति धाक चल्छ घरमा याद होलानी” आरतीले अझै चिढ्याउने मूडमा।
पूजाले आरतिलाई अंगालो मारेर भका भक चुम्मा गर्न थाली,
“अरे..रे..रे…! यो किन नि…?”
“थ्याङक्यु यार…..! यति ह्याण्ड्सम तेरो दाई मिलाई दिएकोमा। मुवा मुवा मुवा।”
“पहिले त खुब नखरा पार्थिस त । ”
“मलाई के थाहा तेरो दाई भनेर, त्यो पनि यस्तो ह्याण्ड्सम । ” देख्ने बितिकै फिदा भकि थिएनी, तेरो दाइ देख्ने बितिकै यस्तो पछुतो लाग्योनि, बेकारमा रेप भएको झूठो कुरा भनेछु भनेर।” लागेको थियो, यस्तो केटा गुमाउनु पर्‍यो आफ्नै बेउकुफीले गर्दा। ”
दश मनमा एक मन पनि थिएन स्वीकार्नुहुन्छ भनेर। यति थक थक भैरहेको थियोकी आफ्नै विवश्तामा आफै रुनु न हाँस्नु भएकी थिएँ। अझै आँशु , छ आँखामा,थ्यान्क्यु यार।” मुस्किल्लले रोकेर राखेको आशु आँखा बाट बग्न थाल्यो, पूजाको
मनको भडास र खुशी मिसिएको आँशु।
“दाइले मलाई सुनाउनु भयो तैले भनेको ग्याङ्ग रेप भएको कुरा। अनि मैले दाइलाई भने “होइन , बिहा नगर्नको लागी तेसो भनेकी भनेर। “अनि तेरो मेसेज देखाइदिए दाइलाई।”
“दाइले नै मलाई अहिले केहि नभन्नु भनेर भन्नु भएको थियो र आज ढिलो आउनु भनेर पनि दाइले नै भने र हो। ”
“चुडेल…..! आफुलाई कस्तो अफ्सोस भएको थियो। बेकारमा तेसो भनेछु भनेर।”
“सुन्न….! तेरो दाइलाई एक्छिन भित्र बोला न…..!”
“अब किन उताउली नी…? अघि हेरिनस र राम्ररी।”
“अघि त आफ्नै मनको बोझले हेर्नै पाइन नी मजाले। ”
“आफ्नै करणीले त होनी…!””इस बोलाउछु…! मलाई किन चुडेल भनिस…..! “आरतीले मुख फुलाउदै भनी।
“प्लिज यार….!” प्लिज…प्लिज…प्लिज”
“मलाई के दिन्छेस…? भन अनि मात्रै ।”
“तँलाई पनि म भाउजु बनाउछु नि हिसाब बराबर…!”. भन्दै दिवारमा टाँगेको फोटो तर्फ देखाई।
“प्रज्वल…..!?” अब आरतिको आश्चर्य हुने पालो।
मत्लव प्रज्वल तेरो दाजु…?
यस….. माई डियर भाउजु…?”
“दाइले तेरो बारेमा सबै भन्नु भएको थियो।”
दुबै हाँसे मरी …मरी….!

***

प्रतिक्रिया

सम्बन्धित खवर