दक्षिणकोरिया – कोरियामा रहेको संस्था पाँच स (सनातन, साहित्य, संगीत साधना समूह)को ९ औँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । जनवरी ११ आइतबार कोरियाको आन्सान स्थित संस्थाको आफ्नै भवन साझा मन्दिरमा सम्पन्न एक कार्यक्रमले महेन्द्र सापकोटाको अध्यक्ष्यतामा २९ सदस्यिय कार्यसमिति गठन गरेको छ ।

कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे लगायत कोरियामा रहेका बिभिन्न संस्थाका प्रतिनिधी, ब्यावसायि, साहित्यिक तथा धार्मिक व्यक्तित्वहरू, विद्यार्थीहरूको बाको भेला रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोरियाका लागि नेपाली राजदुत शिवमाया तुम्बाहाम्फेले राष्ट्रपिता पृथ्वीजारायण शाहले गर्नुभएको नेपालको एकिकरणलाई सम्झिदै हामी नेपाली पनि प्रवासमा बसेर नेपाली भाषा, संस्कृति र सिङ्गो देशलाई एकिकरणको भावनामा जोडिनुपर्ने बताउनुभयो ।

उहाँले कोरियामा रहेर १ वर्षको अवधीमा ३१ जना नेपालीले ज्यान गुमाउनु भएको बताउँदै मनोपरामर्श, योगा, ध्यानको बाटोमा पाँच स कोरिया अगाडि निरन्तर अगाडि बढ्न आग्रह गर्दै दुताबासको तर्फबाट पनि सहकार्य गर्ने बताउनुभयो ।

साहित्यको चर्चा गर्दै उहाँले साहित्यले विश्व परिवर्तन गर्न सकिने र पाँच स कोरियाले स्थापना गरेको पुस्तकालयलाई धन्यवाद दिनुभयो । जसका कारण यहाँका नेपाली साहित्यप्रेमीहरूले साहित्यतर्फ समेत आकर्षित हुँदै परिवर्तनको सम्वाहक बन्न सकिने कुरामा उहाँले जड दिनुभयो । पछिल्लो समय धर्म परिवर्तनको घटना बढ्दै गएकाप्रति चिन्ता जनाउँदै जबरजस्ति धर्म परिवर्तन गर्न गराउने कार्य नगर्न र सबैले आ-आफ्नो धर्म स्वइच्छाले मान्न पाउनु पर्ने कुरामा जोड दिनुभयो ।

पछिल्लो समय कोरियामा रहेका नेपाली विद्यार्थीहरूले पाईरहेका दु:ख र कोरियामा हुने हुन्डी कारोबारले हुने नकारात्मक असरबारे चर्चा गर्दै हुन्डी कारोबार नगर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा संस्थाको तर्फबाट वार्षिक कार्यप्रगति विवरण, आर्थिक विवरण समेत प्रस्तुत गरिएको थियो। यसका अलवा, वेद र गीताका मन्त्रोच्चारण, भजन गायन, साहित्यिक रचना वाचन, देशभक्ति गीतमा नृत्य प्रस्तुती लगायतका प्रस्तुती समेत थियो ।

पृथ्वीजयन्तीका अवसरमा गरिएको कार्यक्रमले पृथ्वीनारयण शाहको जीवनी र नेपाल एकिकरणको कार्य विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

पाँच स तथा साझा मन्दिर संस्थाले कोरियामा आफ्नै भवन सञ्चालन गरि मन्दिरको निर्माण, पुस्तकालय निर्माण लगायत थुप्रै सांस्कृतिक कार्यक्रम र बिभिन्न समाजिक सेवाका कार्यक्रम समेत निरन्तर गरिरहेको छ।

अधिवेशनबाट निम्नानुसार कार्यसमिति गठन भएको छ । गठित कार्य समितिलाई सेतोमाटो टिमको तर्फबाट हार्दिक बधाई र शुभकामना

नवनिर्वाचित कार्यसमिति पदाधिकारी विवरण :

संरक्षक
श्याम अर्याल
शोभा अर्याल

अध्यक्ष
महेन्द्र सापकोटा

वरिष्ठ उपाध्यक्ष
चुडामणी भण्डारी

उपाध्यक्ष
अर्जुन थापा
मनोज भुसाल
दामोदर भुसाल
शालिग्राम अर्याल

महिला उपाध्यक्ष
जयन्ती शर्मा

मन्दिर व्यवस्थापक पुजारी
मिलन सापकोटा

महासचिव
दुर्गा कुँवर “ऋषि”

सचिव
गुल्सन शाह
दिनेश पाण्डे
महेन्द्र पौडेल

कोषाध्यक्ष
योगेन्द्र दाहाल

सह–कोषाध्यक्ष
सागर थापा

युवा संयोजक
कमल नयन न्यौपाने

सक्रिय सदस्यहरू
चेतन ढुङ्गाना
वेद प्रसाद काफ्ले
पूजा रुचाल
गणेश सापकोटा
प्रकाश शर्मा
विष्णु रिजाल
राम आशिष पण्डित
मिलन सुवेदी
भिम भुसाल
प्रितम सारु मगर
जयराम कोइराला
प्रकाश भण्डारी

नवौं अधिवेशन तथा साधारण सभा
संयोजक:- भवश्वी वोम्जन

सनातन साहित्य संगीत साधना समूह
पाँच स दक्षिण कोरिया

***

 

(जीवन खत्री)

प्रतिक्रिया

सम्बन्धित खवर