
सउल – दक्षिण कोरियामा पराजित पोमुद्वारा लिखित कविता कृति मद्वारा मेरो निर्माण बिमोचन भएको छ । आईतबार दोङेदेमुन स्थित एक हलमा कवि पराजित पोमु, केरुङ हाङसेङ, जीवन खत्री, शकुन आँसु, विष्णु सन्यास, ह्यारी बोण्ड, आरएन अधिकारी, सुष्मा रानाहँमा, सेसेफुङ, दिपा मेवाहाङ राई लगायतले सामुहिक रुपमा कृतिको बिमोचन गरे ।
कार्यक्रममा कविता सङ्ग्रह मद्वारा मेरो निर्माणबाट कवि अजित उत्सव, स्पन्दन दीपक, खोम गुरुङ, सुष्मा रानाहँमा, दिपा मेवाहाङ राई लगायतले एक एक कविता वाचन गरे ।
कार्यक्रममा कृतिबारे बोल्दै केरुङ हाङसेङले डायस्पोरालाई गलत ब्याख्या हुने गरेको बताए । केही समय कोरियामा श्रम गर्न आएकाहरू डायस्पोरिक नहुने बताए । उनले कृतिले पहिचानको आन्दोलन छोडेको हो कि भन्ने चिन्ता सहित कृति राम्रो भएको बताए ।
कार्यक्रममा अर्का वक्ता जीवन खत्रीले पहिचानको मुद्दा सुन्दर कुरा भएको बताए । उनले पहिचानको मुद्दालाई गलत तरिकाले ब्याख्या गरेर सत्ता र शक्तिको कुर्सीमा पुग्ने र तलका समुदायमा विभाजन गराउनेहरूबाट सचेत हुनुपर्ने धारणा राखे कृतिमाथि बोल्दै उनले पहिचानको मुद्दा वर्गको समस्या प्रमुख भएको अनि मात्र अन्य बिषय आउने तर्फ ईङ्गीत गर्दै उक्त कुरालाई कविले कृतिमाथि सचेत ढङ्ले कविता लेखेको बताए । समग्रमा कृति वैचारिक तबरले शशक्त भएको उनको दाबी थियो ।
तेस्तै कवि शकुन आँसुले कृति समग्रमा राम्रो भएको बताईन । कृतिभित्र केही भाषिक अशुद्धता तथा कृतिमा प्रयोग भएका लिम्बु भाषाका शब्दहरूले बुझाईमा असहज भएपनि पहिचानका लागि आवश्यक रहेकोु बताईन ।
अर्का कवि विष्णु सन्यासले पनि कृति माथि बोल्दै पहिचानको मुद्दा भनेको कृतिमा आफ्ना भाषाका केही शब्द मात्र समावेश गर्दैमा पहिचानको मुद्दा शसक्त नहुने बताए । समग्रमा कृति सफल भएको उनले बताए ।
दुई भागमा बाँढिएको कार्यक्रमको पहिलो खण्डमा औपचारिक रुपमा कृति बिमोचन गर्नुका साथै शुभकामना मन्तव्य राखिएको थियो । पहिलो खण्डमा बोल्दै प्रमुख अतिथि तथा आदिवासी जनजाति महासंघ कोरियाका कार्यवाहक अध्यक्ष बिशन राईले कविलाई शुभकामना दिए । कवि पाराजित पोमुलाई संस्थाका तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभापति सुष्मा रानहँमा थिईन ।
प्रतिक्रिया
-
४