– बालकृष्ण गजुरेल

हातमा हात जोडौँ,
मनका दूरी तोडौँ,
जसले जे सक्छ-
त्यही मात्र गरौँ,
एकपटक साथी हो
कि त्रिशुली कि रसुवा झरौँ।

जो जति जहाँ छ –
उतैबाट जुटौँ,
धन हुनेले धन दिउँ
श्रम हुनेले श्रम दिउँ,
सीप हुनेले सीप खनाउँ,
समय हुनेले समय दिउँ
देश दुखेको बेला
हामी किन मौन बस्ने ?

विपत्ति सोधेर आउँदैन,
आज उसको घर रोयो,
भोलि अरुको पालो आउँछ,
हिजो मेलम्ची रोएको दिन,
यो कवि शरणार्थी बन्यो ।

आज त्रिशूली रोइरहेछ-
भोलि कसको पालो?

त्यसैले सबै मिलेर उठौँ,
अब ढिलो नगरौँ,
सक्ने जति जुटौँ,
भएजति पीडितलाई दिउँ,
काँधमा काँध थमाउँ ।

विपत्तिमा सरकार रहन्न
देश एउटै समाज बन्छ,
देश बचाउने शक्ति
हामी भित्र  हुनुपर्छ ।
अब, हामी उठ्नुपर्छ,
मानवताको लागि सहि
आफ्नै पौरखमा उभिनुपर्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर