हरेक बुधबार प्रस्तुत हुने स्तम्भ ‘विचार क्याप्सुल’ विश्वप्रसिद्ध व्यक्तिहरूका उच्च विचारहरू पस्किने हो थलो हो । आज हामीले प्रसिद्ध दार्शनिक तथा अध्यात्म गुरु ओशोका केही उच्च विचारहरू पस्किएका छौँ

आध्यात्मिक गुरु ओशोको जन्म भारतको मध्यप्रदेश स्थित कचवाडमा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो ।वाल्यकाल देखिनै शान्त र गंभिर स्वभावका ओशोले दर्शनशास्त्रमा रुचि राख्दथे । केही समय जवलपुर विश्वविद्यालयमा लेक्चरर भएर काम गरे । बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढदै गयो । त्यसपश्चात अलग-अलग धर्म र विचारधारामा प्रवचन दिन थाले । सन् १९८१ देखि १९८५ सम्म अमेरिकामा बसे त्यहाँ रहदा उनले रजनीशल्याण्ड अलग्गै एउटा सहर बनाउने कुराले निकै विवादित भए र अन्त्यमा फर्केर भारत आए ।

उनी नेपालमा बस्न चाहन्थे तर तत्काल श्री ५ को सरकारले अनुमती दिएन । उनले दिएको हज्जारौँ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबाकारको रुप दिइएको छ । अर्को रोचक कुरा उनले आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको कुरा गरिन्छ ।

उनको मृत्यु १९ जनवरी सन १९९० मा भएको थियो।उनको मृत्युलाई रहस्यमय मानिन्छ । उनको आमा उनको स्वभाविक मृत्यु नभै हत्या भएको बताउने गर्थिन । आउनुस् उनै विश्वको मथिङल हल्लाउने एक दार्शनिक, विचारक र आध्यात्मिक गुरूको अनमोल विचारहरूमा विचरण गरौँ ।

****************************

जीवनलाई हरेक संभावित तरिकाबाट महसुस गर – असल- खराब , मीठो- तितो , उज्यालो- अँध्यारो , जीवनको हरेक  द्वेतभावलाई अनुभव गर । अनुभवसँग नडराउ । किनभने तिमी जति अनुभवी बन्छौ ,त्यतिनै परिपक्व  बन्छौ ।

*

प्रेममा दोस्रो व्यक्ति महत्वपूर्ण हुन्छ भने वासनामा तिमी मात्र महत्त्वपूर्ण हुन्छौ ।

*

सत्य बाहिर अवस्थित कुरा होइन जसलाई खोज्न परोस् , सत्य भित्र अवस्थित हुन्छ जसलाई अनुभव मात्र गर्न सकिन्छ ।

*

मित्रता सबैभन्दा शुद्ध प्रेम हो । प्रेमको सबैभन्दा उच्चतम स्वरुप हो , जहाँ कुनै माग हुँदैन । कुनै शर्त हुन्न मात्र दिनुको आनन्द हुन्छ ।

*

यो संसारमा प्रत्येक व्यक्ति कुनै खास नियति लिएर आएको हुन्छ । उसलाई केही पूर्ण गर्नु छ । केही सन्देश दिनु छ । तिमी यहाँ कुनै दुर्घटनाले आएका होइनौ । तिमी यो अस्तित्वमा हुनुको केही अर्थ छ । तिमी यो जगतमा हुनुको कुनै उद्देश्य छ । जसलाई ब्रह्माण्डले तिमीद्वारा पूरा गर्न चाहन्छ ।

*

यदि तिमी कुनै फूललाई माया गर्छौ भने त्यसलाई नटिप । किनकी तिमी फूललाई टिप्यौ भने फूल मर्नेछ ।जसलाई तिमीले माया गर्छौ ,त्यसलाई फूल्न देउ । प्रेम कसैप्रति आधिपत्य होइन । प्रेम सराहना हो ।

*

यो संसारमा सबैभन्दा बढी डर अरुले के भन्ला भन्ने कुरा सोचेर लाग्छ ।। जसै तिमी भीडसँग डराउन छोडनेछौ । तिमी भेडा हुनुपर्दैन । शिंह बन्नेछौ । तिम्रो हृदयबाट गडगडाहटको अवाज आउने छ । मुक्तिको गडगडाहट ।

*

जीवनले हामीलाई अचेतना तर्फ डोर्‍याउदै लगेको हुन्छ । जबसम्म तिमी सचेत हुन्नौ , जागरुक हुन्नौ । त्यसले एउटा पाङ्ग्रालेझैँ आफैलाई डोर्‍याइरहन्छ ।

*

कहिले पनि बन्ने कोसिस नगर । हुनु र बन्नु यी शब्दको बीचमा तिम्रो पुरै जीवन समेटिएको छ ।  हुनु प्रबोधन हो । जागरण हो । बन्नु अज्ञानता हो ।

*

दुनियाँमा लाखौं मान्छे दुखी छन् । किनकी उनीहरु प्रेम प्राप्त गर्न चाहन्छ्न् । तर उनीहरुलाई प्रेम दिन आउदैन । प्रेम एकलापको रुपमा हुन सक्दैन । प्रेम दुई व्यक्तिवीचको संवाद हो । एउटा लयले भरिएको संवाद ।

*

केही बन्ने विचारलाई त्याग । किनभने तिमी पहिल्यै एक महान कृति हौ । तिमी यो भन्दा सर्वोच्च बन्न सक्दैनौ । तिमेलाई मात्र यहि कुरा बुझ्नु छ , यहि जान्नु छ र यहि अनुभव गर्नु छ ।

*

साहस अज्ञातसँगको प्रेम सम्बन्ध हो ।

*

 आरामपूर्ण र सुविधाजनक जिन्दगी वास्तविक जीवन होइन । जति धेरै आरामपूर्ण त्यति धेरै कम जीवन्त । सबैभन्दा आरामपूर्ण जीवन चिहानमा मात्र हुन्छ ।

*

मस्तिष्कबाट बाहिर निक्ल अनि मनमा प्रवेश गर । कम सोच, महसुस धेरै गर ।

*

 जसरी अँध्यारो प्रकाशको अनुपस्थितिमा जन्मिन्छ त्यसरी नै अहंकार  जागरुकताको अभावमा जीवित रहन्छ ।

*

प्रेम लक्ष्य हो , जीवन एक यात्रा ।

*

प्रश्न यो होइन कि मृत्यु पश्चात् जीवनको अस्तित्व छ कि छैन, प्रश्न यो हो कि के तिमी मृत्युपूर्व जीवित छौ ?

*

 यदि कसैलाई नोक्सान पुर्‍याउनु   छ भने मात्र ताकतको आवस्यकता पर्दछ नत्र प्रेम प्रयाप्त छ, करुणा प्रयाप्त छ ।

*

न्युनतम कुराहरूमा जिउने बानी सबैभन्दा ठूलो सम्पत्ति हो।

*

आत्माको सबैभन्दा ठूलो रोग गंभिरता हो र निरोग चंचलता हो।

*

प्रेम एउटा पंक्षी हो।यसलाई स्वतन्त्र उड्न दिनुपर्छ जसलाई फैलिनको लागि पूरा आकाशको आवश्यकता पर्दछ।

*

तिमी त्यहीँ बन्छौ ,जे सोच्दछौ।

*

एउटा स्त्री विश्वको सुन्दर कृति हो।उसलाई कसैसँग तुलना नगर। स्त्री ईश्वरले बनाएको उत्कृष्ट कृति हो।

*

प्रश्न यो होइन कि कति अधिक सिक्न सकिन्छ।ठीक विपरीत ,प्रश्न यो हो कि कति अधिक भुल्न सकिन्छ।

*

मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ।

*

कसैसँग कुनै पनि किसिमको प्रतिस्पर्धाको आवस्यकता छैन।तिमी स्वयंमा जिउन सिक।त्यही नै सहि निर्णय हो।तिमी आफूलाई स्वीकार गर।

*

  1. मूर्ख मनुष्य अरूप्रति हाँस्छन र बुद्धिमान स्वयम् आफैँमा हाँस्छन ।

*

तिम्रो विवाह राजनीतिक शासन गर्नेको छोटो रूप हो । जसमा तिम्रो बुवाआमा साना राजनेता हुन्।

*

यदि तिमीलाई सत्यसँग परिचित हुन छ भने हो र होइनमा निर्धक्क विचार राख्ने गर।

*

जब मनुष्यको अगाडि प्रेम र घृणा दुवैचिजको उपस्थिति भएन भने हरेक कुरा स्पष्ट हुन्छ।

*

जिन्दगी समस्या होइन यो त सुन्दर उपहार हो।

*

जबजब तिमी जागरुक हुँदै  जान्छौ,इच्छा हराउँदै जान्छ।

संकलन : जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर