– सरस्वती थपलिया
१,
हामी बिच खास सम्बन्धको नाता हुनुपर्छ
मेरो भाग्य बदल्न सक्ने त्यो दाता हुनु पर्छ
समय र परिस्थिति जस्तोसुकै आएपनि
तिम्रो मनमा मेरो नामको खाता हुनुपर्छ l


माया गर्छु भन्दै सधैं हक यसरी जताउन
नबोलि नबोलि सधैं भरि यसरी सताउन
कुन दिन कुन रात अन्य हुनि हो जिन्दगीको
नसकुला तिम्रो प्रश्नको उत्तर यसरी बताउन

३,

मैले जस्तै ननिदाई तिमिले पनि रात काट्यौ कि?
अन्तै आँखा छलि प्रिय कतै साथ साट्यौ कि?
पर्खाईको पीडा पर्खि बस्ने लाई थाहा हुन्छ प्रीय
आउछुआउछु भन्दै छिट्टै मलाई ढाट्यौ कि?

४,
शिरमा सिन्दुर जोगाउने नाता बनि दिनु
पानी पर्दा बग्न सक्छ छाता बनी दिनु
मलाई कसैले नराम्रो नजरले हेर्छन भने प्रिय
तिमी सर्बनास गर्ने काली माता बनी दिनु

५,
जानेर कसैलाई नराम्रो बचनले ठोस्न जानेकि छैन
मैले अरुको सिउँदोको सिन्दुर खोस्न जानेकी छैन
बस मत भाग्य र कर्ममा बिस्वास गर्ने मान्छे
कसैको मायामा बहकेर अरु सोच्न जानेकी छ

***

प्रतिक्रिया

सम्बन्धित खवर