– केशवराज आमोदी
करिब साठी वरपरका बुढाहरू वरपीपलको शीतल छहारीमा बसेर कहिले राजनीति ,कहिले खेतीपाती र कहिले पशु-धनका बारेमा गफिरहेका थिए । यत्तिकैमा गफ गर्ने कुरो निकाल्दै एकजना बाले भने-
‘हिजो बिहान फत्तुरे काइँलो त मरेछ त !’
उसको मनुष्यत्व त सातवर्ष अघि नै मरेको हो । उसको मनुष्यत्वसँगै गाउँबाट विश्वास , मर्यादा , इज्जतका पर्खालहरू गर्ल्यामगुर्लुम भएर ढलिसकेको हो ।
-‘ गाउँबाट कोही मलामी गएको थाहा भएन । कहाँ कसरी मरेछ त ?
सोझो र इमानदार दाजुसँग जग्गा सम्बन्धी किचलो गरेर अलिकति जग्गा हड्पेकै दिन दाजुले सरकारी जग्गाबाहेक अरू बलजफ्ती दिन्न भनेर रोके पछि फत्तुरेले दाजुको कम्पारोमा चिर्पटले हानेर ढालेपछि ऊ जेल परेको थियो । हिजो ऊ जेलमै मरेछ ।
गाउलेहरुको मन राखेको भए पो मलामी जान्थे । बेबारिसे कैदीको मलामी को जाने ? अर्का बा’ले भन्दै थिए ।
•
प्रतिक्रिया
-
४
