सउल कोरिया – आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले मातृभाषाको सम्मान संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकसातासम्म बिभिन्न कार्यक्रम गर्ने भएको छ । फेब्रुअरी १९ तारिखदेखि २५ तारिखसम्म रहने कार्यक्रममा बिभिन्न बहस, छलफल तथा रचना वाचन सम्म रहने कार्यक्रमकी एक वक्ता सुष्मा रानहँमाले बताईन ।

फेब्रुअरी १९ देखि भर्चुअल माध्यमबाट सञ्चालन हुने कार्यक्रमको अन्तिम दिन २५ तारेखमा कोरियाको किम्हे सहरमा प्रत्यक्ष कार्यक्रम हुनेछ । सेतोमाटो मिडिया पार्टनर रहेको यस कार्यक्रमको तपशिल बमोजिम रहने छ ।

अन्तर्राष्ट्रिय मातृभाषा उत्सव : २०२४
आयोजक : आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ, दक्षिण कोरिया

कार्यक्रमहरु ; (फेब्रुअरी १९ – २५)

१. नेपालमा मातृभाषा साहित्यको अवस्था : अवसर र चुनौतिहरु : राजन मुकारुङ्
क) कुसुण्डाको अलग संसार (कार्यपत्र) : उदय आले
ख) माझिको भाषिक साँस्कृतिक अवस्था (कार्यपत्र) : पुजा माझी (पत्रकार)
संचालन : विनेश राई “मिञ्जाई”
मिति : फेब्रुअरी १९
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

 

२. पाठ्यक्रममा मातृभाषा :
वक्ताहरु : जीवन रोका मगर, पदम राई (सम्पादक, बुङ्वाखा मासिक) र बिमला माझि (उपाध्यक्ष, मरिन गाउँपालिका सिन्धुली – तामाङ भाषाको पाठ्यक्रम लागू भएको)
सहजकर्ता : बिकास रोका मगर (पत्रकार)
मिति : फेब्रुअरी २०
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

३. भाषाको मृत्यू :
वक्ताहरु : अमृत योञ्जन र गुरुङ सुशान्त
सहजकर्ता : दिलिप बान्तावा
मिति : फेब्रुअरी २१
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

४. कहाँ पुग्यो आदिबासी मुद्धा ? :
वक्ताहरु : ग्याल्जेन शेर्पा (अध्यक्ष, नेपाल आदिबासी जनजाती महासंघ)र गोबिन्द छन्त्याल (भाषिक, सांस्कृतिक अभियन्ता)
सहजकर्ता : कैलाश राई
मिति : फेब्रुअरी २२
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

५. “भुइँमान्छेको आवाज” भित्रका आवाजहरु :
वक्ताहरु : पराजित पोमु र प्रगती राई
सहजकर्ता : खोम गुरुङ
मिति : फेब्रुअरी २३
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

६. कवितामा मातृभाषाका स्वरहरु :
१४ जना मातृभाषी कविहरुको कविता वाचन
सहजकर्ता : ऐडेन छन्त्याल
मातृभाषी कविहरु :

१. थारु भाषा : भुमिका थारु
२. धिमाल भाषा : वर्षा धिमाल
३. गुरुङ भाषा : छम गुरुङ
४. तामाङ भाषा : रचना मोक्तान
५. मगर भाषा : एल बि मगर
६. याक्खा भाषा : हेन्सेन याक्खा
७. कोईच/सुनुवार भाषा : मिथोच
८. नेपाल भाषा : विरस कासिराम
९. चाम्लिङ राई भाषा : शुशिला निनाम
१०. लिम्बू भाषा : शेशेफुङ् शेर्मा
११. मगर ढुट भाषा : पवित्रा थापा मगर
१२. दुङ्माली राई भाषा : अर्जुन दुङ्मालि
१३. लिम्बू भाषा : मातृहाङ् नेम्बाङ
१४. राजबंशी भाषा : मनिषा राजबंशी

मिति : फेब्रुअरी २४
समय : साँझ ठिक ५ बजे
स्थान : Virtual

७. भाषा आन्दोलन र नयाँ पुस्ता :
वक्ताहरु : सुष्मा रानाहँमा, केरुङ् हाङ्सेङ् र बिष्णु सन्यास
सहजकर्ता : उत्तम खजुम
मिति : फेब्रुअरी २५
समय : बिहान ठिक ११ बजे
स्थान : किम्हे दक्षिण कोरिया

प्रतिक्रिया

सम्बन्धित खवर