सउल कोरिया – कोरियामा कवि लालगोपाल सुवेदी गुञ्जिएका छन् । फेब्रुअरी १७ का दिन कोरियाको राजधानी सउलमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण-कोरियाको आयोजनामा कवि सुवेदीले आफ्ना साहित्यिक भोगाई बाँड्नुका साथै साहित्यिक रचना वाचन गरेका गरेका हुन् ।

कवि सुवेदीले झण्डै १ घण्टाको समयमा आफ्ना साहित्यिक जीवन, आफूले लेखेका कृतिहरू र भोगाईको बारेमा जानकारी गराउनका साथै केही कविताहरू वाचन गरे । २१ बढी कृतिहरू प्रकाशित गरेका सुवेदीले आफ्ना कृतिहरू चेतन प्रवाहमा सारेगम (लामो कविता सङ्ग्रह)बाट केही कवितांश समेत सुनाए । बिभिन्न चर्चित नेपाली गीतहरूको लयमा आफ्ना शब्दहरूलाई उनले यो सङ्ग्रहमा कविता रचेर लेखेका हुन् ।

अमेरिकी निवासी कवि सुवेदीले आफ्ना कवितामा देश सुनाए । नेपाली मौलिक संस्कृति, देशको पीडा, क्रन्दन, आँशु र बेरोजगारीको पिडा सुनाए । बिगतको गर्विलो इतिहासमा कालो ग्रहण पोतिएको र देश हाँडीगाउँको जात्रा भएको भन्दै आजका शासकहरूलाई ब्याङ्ग्य समेत गरे ।

सुवेदी गीतकार समेत हुन् , उनले लेखेको बहुचर्चित गीत “बिछोडको करौँतीले काट्नु मन काट्यो” गीत समेत सुनाए ।

उनका रचनावाचन पश्चात उनीसँग कोरिया शाखाले केन्द्र र शाखाबीच पनि अन्तर्क्रिया गरेको थियो । मुख्यत: कोरिया च्याप्टर र आजीवन सदस्यले भोग्नुपरेका समस्या र च्याप्टरले हासिल गरेका उपलब्धिबारे विविध जिज्ञासा, च्याप्टर बलियो भएमा केन्द्र बलियो हुने भनाई, आजीवन सदस्यता शुल्क महंगो हुन नहुने, जापान , कोरियामा पढ्न आउने विद्यार्थीलाई मध्यनजर गरेर समेत आजीवन सदस्यता शुल्क निर्धारण गर्नुपर्ने, कृति प्रकाशन , अनुवाद र बजार व्यवस्थापन पक्ष दह्रो भए मात्रै संस्थाको उन्नति हुने लगायतका कुरा उठे । यसका साथै अनेसास कोरिया च्याप्टरलाई नै केन्द्रविन्दुमा राखेर केन्द्रबाट आउने पहिलो व्यक्ति भएकोमा सबैले खुसी समेत व्यक्ति गरे ।

अनेसास केन्द्रिय कमिटीका वरिष्ठ उपाध्यक्ष सुवेदीले आफ्ना रचना सुनाईरहँदा यहाँका स्रष्टाहरूले सास रोकेर सुनीरहेे । उनका अलवा कार्यक्रममा कोरियामा रहेका कविहरू सुशिल अर्याल, आर.एन. अधिकारी, सरोज भण्डारी ‘सर्वहारा’, रामचन्द्र शर्मा, दीपप्रदीपकुमार गणेश, दीपकराज बञ्जाडे, रुशन सुवेदी, मिलन शर्मा बस्याल, निर्दोष शिव, ह्यारी बोण्ड, विष्णु वाग्ले, सञ्जय खनाल, रामचन्द्र शर्मा लगायतले रचना वाचन गरे ।

रामचन्द्र शर्मा सभापति रहेको कार्यक्रमलाई सरोज भण्डारी सर्वहाराले सञ्चालन गरेका थिए ।

(जीवन खत्री)

प्रतिक्रिया

सम्बन्धित खवर