.  नेशनल आईसिटी एक्सिलेन्स अवार्ड, २०२२ द्वारा सम्मानित व्यक्ति को हुन?

— लर्ड बुद्ध एजुकेसन पाउन्डेसनका पंकज जलान

·        न्यादी जलविद्युत आयोजना कति मेगावाट र कहाँ रहेको छ?

— ३० मेगावाट, लमजुङ्ग जिल्ला

·        ईन्डो नेपाल आईएफके क्योकुसिन ७० केजी करात प्रतियोगितामा प्रथम (स्वर्ण) बिजेता खेलाडी को हुन?

— चन्दा भुजेल

·        नवौं राष्ट्रिय खेलकुदकोल लोगो तथा मस्कट कहिले सार्वजनिक गरियो?

— २०७९ वैशाख २४ गते ( लोगो र मस्कट भोलानाथ पौड्यालले बनाउनु भएको, लोगो, कस्तुरी मृग, नाराः एकताबद्ध देश, खेलकुदको सन्देश रहेको, गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ, ३६ खेल र ११ टिम सहभागी हुने ।

·        राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७७ बाट सम्मानित कसलाई गरियो?

— पत्रकारद्धय शुरोजंग पाण्डे

·        वरिष्ठ पत्रकार सम्मान, २०७८ बाट सम्मानित कसलाई गरियो?

— किशोर नेपाल र तारानाथ दाहाल

·        १६ औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि कसले जित्नुभयो?

— झापाका उमेश राई

·        एक्स्टिम वर्ल्ड टुर ट्रायथलन अर्न्तगतको हिमालयन एक्सट्राईको उपाधि कसले जित्नुभयो?

— स्विडेनका योहान हेसलमार्क

·        फिलिपिन्सका राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति को हुनुहुन्छ?

— फर्डिनान्ड मार्कोस जुनियर

·        नई देरूनीख अर्न्तराष्ट्रिय पुरस्कार, २०७८ प्राप्त गर्ने सर्जक को हुनुहुन्छ?

— मोहन सिटौला

·        नई गणेशदुर्गा अर्न्तराष्ट्रिय पुरस्कार, २०७८ प्राप्त गर्ने सर्जक को हुनुहुन्छ?

— छविलाल उपाध्याय

·          भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बुद्धजयन्तीको अवसरमा नेपाल कहिले आउनुभयो?

— वि.स. २०७९ जेठ २ गते (२५६६ औँ वुद्धजयन्तीको पावन अवसरमा उहाँले लुम्बिनी भ्रमण गर्नुभएको हो)

·        इटालियन ओपन क्लेकोर्ट टेनिस प्रतियोगिता जित्नुहुने खेलाडी को हुन्?

— नोभाक जोकोभिच (उहाँले स्टेफानो सिसिपासलाई ६-०, ७-६ (समग्रमा ७-६) ले हराउनुभएको थियो)

·        चर्चित गायक राजु लामाले कहिले सगरमाथा आरोहण गर्नुभयो?

— २०७९ जेठ २ गते

·        दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार, २०७९ कसलाई प्रदान गरियो?

— प्राडा चूडामणी बन्धु

·        दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७९ कसलाई प्रदान गरियो?

— बरिष्ठ पत्रकार भुषण दाहाल

·        एफए कपको उपाधि जित्ने कल्ब कुन हो?

— लिभरपुल (चेल्सिलाई पेनाल्टी सुटआउटमा ६-७ ले हराएको हो)

·        अस्ट्रेलियाका प्रख्यात पूर्वक्रिकेट खेलाडी साइमन्डको कार दुर्घट्नामा परि कहिले मृत्यु भएको हो?

— २०७९ जेठ १ गते (May 15, 2022)


हरेक आईतबार नियमित रुपमा प्रकाशन हुने लोकसेवा तयारी प्रश्नोत्तर स्तम्भका  संकलक, सन्तोष पौडेल हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर