लोक सेवा तयारी समसामयिक वस्तुगत प्रश्‍नोत्तर, २०७९

• नेपाल सरकारले चारवटै विकास क्षेत्र खारेज गर्ने निर्णय कहिले गर्यो?
— २०७५ चैत्र २८ गते
• Oxford Word of the Year, 2021 शब्द के हो?
— VAX
• Cambridge Word of the Year, 2021 शब्द के हो?
— Perseverance
• रेडपान्डा प्रजनन केन्द्र कहाँ रहेको छ?
— सुन्दकपुर, ईलाम
• उपभोक्ता अधिकार दिवस कहिले मनाईन्छ?
— प्रत्येक वर्ष मार्च १४
• राष्ट्रिय परिचयपत्र सर्वप्रथम कुन जिल्लाबाट वितरण गरिएको थियो?
— ईलाम, २०७५ मंसिर ३ गते
• वाङ्‍मय शताब्दी पुरूषको उपाधी कसलाई घोषण गरिएको थियो?
— सत्यमोहन जोशी, २०७४ वैशाख २१
• २०८० सम्ममा प्रेक्षेपण गर्ने तयारी रहेको नेपाली भूउपग्रहको नाम के हो?
— मुनाल
• प्रोक्लब च्याम्पियनसिप क्रिकेट उपाधी कसले जित्यो?
— रूपन्देही (मलेसियालाई ७ विकेटले हराएर)
• नौ पटक जिब्रो छेड्ने व्यक्ति को हुन?
— बुद्धकृष्ण बाग श्रेष्ठ
• गोल्डेन जेम्स दौड प्रतियोगितामा यस वर्षकै तीव्र धाविका को हुन?
— जमैकाकी एलेन थम्पस (१०० मिटरको दौड १०.८९ सेकेण्डमा पुरा)
• वैशाख ४ गतेका दिन गहनापोखरी हाडीगाउँमा मनाईने जात्रालाई के भनिन्छ?
—तिसा मालेगु जात्रा मनाउने
• नेपाल किन बनेन पुस्तकका लेखक को हुन?
—पुष्कर लाल श्रेष्ठ
• राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ठ चलचित्र हुन सफल चलचित्र कुन हो?
— आमा (उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल, उत्कृष्ट अभिनेत्रीः सुरक्षा पन्त र छ माया छपक्कै बाट उत्कृष्ट अभिनेता दिपकराज गिरीले प्राप्त गर्नुभएको)

• मिष्टर नेपाल वर्ल्ड, २०२२ को उपाधि कसले जित्नुभयो?
—मोरङ्का नूतन श्रेष्ठ
• सन् १९५७ मा सोभियत संघले प्रक्षेपण गरेको यान कुन हो?
—स्पुतनिक सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो ।
• सन् २०२२ मा अर्बपतिहरू ८७ जनाले घटेका छन भने विश्‍वभर २६६८ जना अर्बपति रहेका छन । कुल सम्पत्ति १ सय २७ खरब अमेरी डलर रहेको छ । पहिलो अर्बपति— इलन मस्क (२ खर्ब १९ अर्), जेफ बेजोस दोस्रो (१ खर्ब ७१ अर्ब), बर्नार्ड आर्नो— तेस्रो (१ खर्ब ५८ अर्ब), बिल गेट्स— चौथो (१ खर्ब २९ अर्ब), वारेन बफेट—पाँचौँ (१ खर्ब १८ अर्ब), त्यसैगरी क्रमशः ल्यारी पेज (१ खर्ब ११ अर्ब), १० औ नम्बरमा परेका भारतीय अर्बपती मुकेश आम्बानी (९० अर्ब ७० करोड) र ११ औँ स्थानमा भारतकै गौतम आदानी ९० अर्ब डलर रहेको ।
• ‘भाइरस लभ’ कृतिका लेखक को हुन?
— डा. डीआर उपाध्याय (५१०० मीटर उचाईमा लोकार्पण)
• सागर सुनार ३ फिट ७ ईन्च उचाईका रोल्वालिङ क्षेत्रको ५९२५ मिटर रामदुङ हिमाल आरोहण गरेका र सगरमाथा समेत चढ्ने तयारीमा रहेका ।
• जर्मन अर्न्तराष्ट्रिय डिजाईन कम्पिडिसन, २०२२ मा गोल्ड म डल जित्ने ईलेक्ट्रोनिक्स कम्पन्नी कुन हो?
— सामसुङ (सामसुङ्ग ईलेटोनिक्सले तीनवटा गोल्ड मेडल जितेको छ । टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण)
• कार अफ दि ईयर अवार्ड जित्न सफल कार कुन हो?
—हुन्डाई आयोनिक फाइभ (वर्षकै उत्कृष्ट कार)

संकलन – सन्तोष पौडेल


सन्तोष पौडेलको संकलनमा अबदेखि नियमित स्तम्भ लोकसेवा तयारी प्रश्नोत्तर हरेक आईतबार प्रकाशन गर्नेछौँ । आशा छ, लोकसेवा तयारी गरिरहनु भएका र आफ्नो ज्ञान बढाउन चाहुनुहुने तपाईँहरूलाई यसले सहयोग पुग्नेछ । आफू पनि पढ्नुहोस्, र अरूलाई पनि पढ्न उत्प्रेरित गर्दै ज्ञानको दायरा फराकिलो बनाउने यो कार्यमा सहभागी हुनुहोस् । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर