
✍️ अमृता प्रीतम
हिजो हामी दुबैले एउटा पुल जलाएका थियौँ
अनि
एउटा नदीको किनाराले जस्तै
भाग्य बाँडेका थियौँ
शरीर झट्कार्यौ
र
शरीरको एक हिस्सा यो किनार भयो
र अर्को शरीरको हिस्सा त्यो किनार
अनि
ऋतुहरूले जहिले पनि फूल दिए
तिमीले पनि आफ्नो शरीरले टुटाइदियौ
मैले पनि ती फूल रितुहरूलाई फिर्ता गरिदिएँ
अनि
झरेका पातहरू जस्तै
कतिऔँ वर्षसम्म
हामीले पानीमा बगाइरहयौँ
वर्षौ बिते तर पानी सुकेन
अनि
बगिरहेको पानीमा छायाँ त देखियो
तर
एक अर्काको अनुहार भनें देखिएन
अब
यो भन्दा पहिला
केही दुरी मै उभिएरै सकियौंला हामी
हिँड,
टुक्रिएर शरीर पानी बन्न हिँडेका
तिमी आफ्नो शरीरमाथी पैताला राख्नु
अनि
आधा नदी पार गराउनु
म आफ्नो शरिरमा पैताला राख्ने छु
अनि
तिमीलाई अगाडि आएर भेट्नें छु !!
***
अनुवाद : रिमा के सी
प्रतिक्रिया
-
४