✍️ अमृता प्रीतम
✍️ अनुवाद : रिमा के सी

 

म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
सायद तिम्रा कल्पनाहरुको
प्रेरणा बनेर
तिम्रो क्यानभासमा ओर्लिनेँछु
या तिम्रो क्यानभासमा
एउटा रहस्यमय रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेँछु

म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
या सुर्यको तेज बनेर
तिम्रो रङ्गमा घुली रहेनेछु
या रङ्गहरुको अँगालोमा बसेर
तिम्रो क्यानभासमा फ़ैलिनेछु
थाहा छैन कहाँ कुन तरिकाले
तर तिमीलाई पक्कै भेट्नेछु
या एउटा चस्मा बनेर
जसरी झरनाबाट पानी उड्छ
म पानीको थोपा बनेर
तिम्रो शरीरमा बिलाउनेछु
अनि एउटा शितल अनुभुती बनेर
तिम्रो छातीमा टाँसिनेछु
म अरु केहि जान्दिनँ
तर यति मात्र जान्दछु कि
समयले जे गर्ने छ
यो जन्म मेरो साथ चल्नेछ
यो शरीर सकिए पछि
सबै कुरा सकिन्छ्न्
तर यादका धागाहरू
ब्रह्माण्डका पलहरू जस्तै हुन्छन्
म तिनै पलहरूलाई छान्नेछु
तिनै धागोहरूलाई समेट्नेछु
म तिमीलाई फ़ेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु

प्रतिक्रिया

सम्बन्धित खवर