✍️ कवि : अवतार सिंह संधू (पाश)
अनुवाद : रिमा के सी

 

मेहनतको लुट सबैभन्दा खतरनाक हुँदैन
पुलिसको कुटाइ सबैभन्दा खतरनाक हुँदैन
गद्दारी अनि लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुँदैन
बसिबसाउ समातिनु नराम्रो त हो
भय युक्त मौनतामा रुमल्लिरहनु नराम्रो त हो
सबैभन्दा खतरनाक हुँदैन

कपटको आवाजमा असल हुँदा हुँदै पनि दबिनु नराम्रो त हो
सबैभन्दा खतरनाक हुँदैन
मुठ्ठी बन्द गरेर समय कटाउनु नराम्रो त हो
सबैभन्दा खतरनाक हुँदैन

सबैभन्दा खतरनाक हुन्छ मुर्दा शान्तिले भरिनु
छटपटाहट नहुनु
सबै कुरा सहि रहनु
घरबाट निस्कनु काममा
अनि कामबाट फर्किएर घर आउनु
सबैभन्दा खतरनाक हुन्छ

हाम्रा सपनाहरू मरेर जानू
सबैभन्दा खतरनाक त्यो घडी हुन्छ
तिम्रो नाडिमा चल्दै गरेको भएपनी
जुन तिम्रो आँखामा रोकिएको हुन्छ

सबैभन्दा खतरनाक त्यो आँखा हुन्छ
जस्को नजरले संसारलाई प्रेमले चुम्न बिर्सिन्छ
अनि जो एउटा खराब पुनरावृत्तिका क्रममा हराउँछ
सबैभन्दा खतरनाक त्यो गीत हुन्छ
जुन शोकगीत झैँ गरेर पढ्ने गर्छन
भयभीतहरुको ढोकामा
गुण्डाले झैँ गरेर तर्साउँछ

सबैभन्दा खतरनाक त्यो चन्द्रमा हुन्छ
जुन हरेक हत्याकाण्ड पछाडी
उजाड भएको आँगनमा निस्किन्छ
तर तिम्रा आँखामा
खुर्सानी झैँ गरेर पर्दैन

सबैभन्दा खतरनाक त्यो दिशा हुन्छ
जस्मा आत्माको सुर्य डुब्छ
अनि जस्को मुर्दा घामको कुनै टुक्रा
तिम्रो शरिरको पुर्वमा बिझ्छ

मेहनतको लुट सबैभन्दा खतरनाक हुँदैन
पुलिसको कुटाइ सबैभन्दा खतरनाक हुँदैन
गद्दारी अनि लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुँदैन ११

 

प्रतिक्रिया

सम्बन्धित खवर