– सरस्वती सरस

१,
लोभ, हिंसा, क्षोभ जसरी पनि हटाउनुपर्छ
आफूले आफैलाई कसरी हुन्छ मनाउनुपर्छ
निभ्न त एकदिन पक्कै निभ्छ यो जिन्दगी
मैन रहन्जेलसम्म जसरी पनि जगाउनुपर्छ

२,
भ्रष्टाचारी व्यक्तिको इज्जत नगर्नू
बेइमानी  मानिसको  सङ्गत नगर्नू
मागेर  गुजारा  चलाउने  गरिबको
गाँस, बास र कपास  जफत  नगर्नू

३,
जानु छ एकदिन किन यहाँ ठुलो बन्नू
एउटै हो गन्तव्य खरानी जस्तै धुलो बन्नू
कतिका मन खेत,बारीझैँ बाँझिएका होलान्
सकिँदैन केही नसोच्नु सकिन्छ कुलो बन्नू

४,
नजिक भएकासँगै मन दु:खाइन्छ, टाढाका त टाढा भइहाले नि
प्रिय चिजलाई दिलमा लुकाइन्छ, टाढाका त टाढा भइहाले नि
माया गर्नेसॅंग समिप भइन्छ, घृणा गर्नेलाई बाइबाइ गरिन्छ
साँचो प्रेम गर्नेलाई प्रेम गरिन्छ, टाढाका त टाढा भइहाले नि

५,
‪समस्याले जीवन जिउँन सिकाउँछ‬
‪कुलतको नसाले पिउन सिकाउँछ‬
‪जीवन के छ र यहाँ मात्र दुइ दिनले‬
‪जन्म र मृत्युको बाटो सिउन सिकाउँछ‬

***

प्रतिक्रिया

सम्बन्धित खवर