✍️ सरस्वती सरस
सक्छौ भने
छाउगोठ भत्काऊ
छुवाछुत भत्काऊ
गरिबी भत्काऊ
तर बिन्ति छ
संस्कार नभत्काऊ ।
छाउगोठ भत्कियो भने
उड्न पाउनेछन् जेलका चरीहरू
छुवाछुत भत्कियो भने
समानान्तर हुनेछन् मानव हृदयहरू
गरिबी भत्कियो भने
भरिन पाउनेछन् भोकाएका पेटहरू
तर,
संस्कार भत्कियो भने
हाम्रो जरा उखिलिने छ
सीमान्त र सम्भ्रान्तबिच लडाइॅं हुनेछ
बल्लबल्ल पुरिन लागेको घाउको मलम हराउनेछ
बिन्ति छ संस्कार नभत्काऊ
लाज छोप्न लगाइने फरिया उचालेर
गर(गहनामा आफूलाई सिॅंगारेर
मदिराको तालमा खुट्टा बजारेर
स्वतन्त्रताको नाममा उफ्रनु भनेको
भोको पेट, नाङ्गो शरीरमा पादप्रहार गर्नु हो
त्यसैले,
बिन्ति छ संस्कार नभत्काऊ।
प्रतिक्रिया
-
४
