-धनराज गिरी

” भाइ,यसपालिको हाम्रो गन्तव्य पीयूषधाम है!” प्रोफेसर शिवनारायण चौधरीले प्रस्ताव राख्यो आफ्नो अनुज वाजी महतोसित,कारण थियो द्रोणार्जुन मिलन,४४ बर्षअघिको नाता,हिमाल हाई स्कुल सरस्वतीनगर,गुणराजगन्जमा। ” हुन्छ दाइ,यसपालि यो गजल लेखिन्छ,१९९७ सालमा ल्याउन खोजेको डेमोक्रेसी सात सालमा आएको हो,महतो के घर में देर है अन्धेर नहीँ। ” प्रोफेसर चौधरी,वाजी महतो र गीतानाथ महतो भएर यात्रा तय गरे ” जामनगरदेखि वामनगरसम्म,अर्थात् महतो द्वयको आचार्य रविनन्दन भोलाराम जमरोपाध्याय सन्तोषीको निवास सुधानगर। ”

विजया देवीको र नव दुर्गाको बारेमा सौन्दर्य मीमांसा गर्दै टोली पुग्यो गुरुजीको काखमा। सूर्य चम्किएजस्तो अनुहार बनाए गुरुजीले। महतो जोडीको सम्मानले उनको भित्री पीडालाई दैवी मलम दियो। गुरुजी उपचार गरेर आरामको क्रममा। विजया दशमीको शुभ साइत,दुःख दूर,घरमा तीन तीन कोहेनूर। सरल सम्पद र सुभाष घईदेखि नूसरत फत्ते अली खान र बहादुर शाह जफरसम्मको गफ भयो,सफरमा। ” हजुरको आशीर्वादले गर्दा म पनि शब्दहरू कोर्ने भएको छु,आफूलाई साहित्यसेवी र साहित्यप्रेमी भन्न रुचाउँछु। यायावरीय अनुभूतिलाई शब्दचित्रमा उतार्दा अर्कै सुखानुभूति हुनेरहेछ !” वाजीको सम्प्रेषण । ” बाबुको एउटा शैली अति सुन्दर लाग्यो,जहाँ पुगे पनि आफ्नो माटो नबिर्सिने,ठ्याक्क तुलना गरिहाल्ने,यो हो नेपाली हुनुको गर्व,देशप्रतिको भावनात्मक दायित्व!राम्रो छ। ” गुरुजीको आशीर्वाद !

ठीक त्यतिखेरै गौरीगन्ज र गायत्रीपुरबाट केही आफन्तहरू आए,बिल्कुल नौला अनुहारहरू,टोलीको लागि। नानीहरू पनि,नाना पाटेकरहरू साथमा। प्रोफेसर जगमोहन आजादको सङ्गतले प्रोफेसर शिवनारायण चौधरी पनि यसो शेर शायरी कोर्ने,चोर्ने होइन। परिचय भयो। ” आम्मै,हजुरको गजलहरू कालिका एफ एम,सिनर्जी एफ एममा सुनेको नि!” नौली नानी नीता तिवारी। चौधरीलाई बाटो खुल्यो। एक दुई शेर गयो। नौला मुहारहरूमा सुनगाभा फुले,आभा देखियो। ” हजुरसित भेट भएर खुशी लाग्यो।” नीता नानी। अनि चौधरीको मजाकिया स्वभाव,” नानी,मसित भेट भएपछि पनि कोही खुशी हुन्न भने त्यो पात्र वा पात्रामा केही गडबड छ,चेक गराउनपर्छ। ” ” सर,चेक कसलाई गराउने?भन्नेलाई कि सुन्नेलाई?” नीता नानी। ” झ्याम्मै!नहले पे दहला!वाह नीता,वाह!आजसम्म कसैले नदिएको प्रतिकिया दियौ।मोग्याम्बो खुश हुआ!झ्याम्मै आयो,बुमेराङ्ग,शिकार करने को आये शिकार हो के चले! ” ” हजुर मान्छे,अरू जे जे भए पनि,रमाइलो हो। ” थप बोनस। टोली फर्कियो। पछि,गुरुजीको मन बोल्यो,” साथी,जीवनमा दुःख छ,सुख पनि छ,धेरै सुखहरू पनि आए,आजको सुख र खुशी शब्दातीत!उपरदाङ्ग गढीमा पुगेपछि,आफू, शक्तिखोर बिर्सिन्छ दुनियाँ,तर आफ्नो धरातल नबिर्सिने हाम्रो क्यानकुने आलोकको भित्री हूनर काबिले तारीफ छ। उहिलेदेखिकै होनहार चेलो हो,मेरो हरेक बोली च्याप्पै समाएर लेख्ने परीक्षामा,लिपि पनि बिउटिफुलम सुन्दरम्। सरलताको सगरमाथा नै हुन् ।अर्थोष्मा शून्य!” ” गुरुदेव,यो चौधरीको काम असल र सज्जन मानिसहरूलाई मिलाउने हो,तर आज झ्याम्मै नि!नीता नानीको ब्रेन पनि तगडा!” ” साथीको यही प्रत्यूत्पन्नमतिले कमाल गर्छ। ” प्रोफेसर चौधरीको मनमा उही ” झ्याम्मै ” घुमिरह्यो।प्रोफेसर जगमोहन आजादलाई पूरै कथा सुनायो।
***

प्रतिक्रिया

सम्बन्धित खवर