
✍️ जीवन आचार्य निश्चल
पानीबाट पानी हरायो
आखाबाट नानी हरायो
आगोबाट खरानी
क्रमश…
मान्छेवाट मानवता ,
भरोसा, विश्वास
प्रतीक्षा
हराउदै हराउदै गयो
न्यायालय बाट न्याय हराएको हो
रामसँगै
रामराज्यबाट विश्वास हरायो आफन्तको
र, बुद्धकालसँगै
शान्ति हराएको हो उहिले
आज खोजेर कहाँ पाइन्छ
सूचना – २
न्यायमूर्तिको
आँखामा पट्टी किन बाँधिन्छ ?
उत्तर
कठघरामा उभिएको बयानको
सत्य सुन्न नपरोस्,
सत्य देख्न नपरोस्,
निष्पक्ष र सत्य न्याय गर्न नपरोस्
तर पनि
सबैले विश्वास गर्छन्
न्यायालयले उचित न्याय दिन्छ भनेर
न्यायलय जानू भन्ने उर्दी जारी भएको छ
प्रतिक्रिया
-
४