जीवन आचार्य निश्चल

केही हुदैन –

भन्दामात्र अचानक भन्छौ ।

पानिले वर्षौ अघि बग्न छ‍‍ोडेको

बगरमा

सुनको हिलेमाछा टिप्दाटिप्दै

प्रतिसप्रधा चल्दाचल्दै

सोप्नादी किनारमै तापेर चिसो सरद

कसले पोल्दै खादै छ –

बागमतीको बाघिमाछा ?

खालि खोपडी

रनाल्डोको खुट्टामा परेको फुटबल जस्तै

अथवा हरि खड्का

कि त

सन्दिप लामिछानेको ब्याटिङमा परेको क्रिकेट बल

केहित पक्कै हो ।

माछाटिप्दा टिप्दै

भयो खाल्डो बाझो बगर –

सपनाले उडान भर्‍यो र पुग्यो आकाशगगामा

र, लिएर फर्कियो एक अम्खोरा विस्वास

खन्यायपछि पोखरीमा बन्यो ता——— ल ।

छायामा राखेर परिकल्पनाकार

आफ्नै जयगित गाउन अह्रायो

भजन मण्डलीलाइ मस्त निदाय‍ो र देख्यो भ्रमित सपना

भरोसाको डुङ्गा तालमा तैरिय‍ो

एक दर्जन –

अचानक पल्टियो सत्ता

र,डुब्यो जुत्ता ।

तालको किनारमा सुनका माछा पोल्दै

मैच्याङले पारेको तिनपाने खादै छ खुट्टा

र, भन्दै छ

ऊ जुत्ता डुबेको तर्फ देखाउदै

अझ ठुलो माछा समात समात त्यो तेरै हुन्छ

सयमा उन्नानसय कर बुझाउनु

फेरि पाटि पनि चाहियो साझ रङ्गिन पनि बन्नुपर्छ

मेरो जयगित गाउन नविर्सनु नि फेरि ।

उ भजनको खिलाफको मान्छे

मलाई लाग्छ

उ डुबेको होइन डुबाइएको हो ।

जुत्ता डुबे सगै उसको

एकमत बढेको छ र, सगै

बिरोधि घटेको छ ।

र ,ज्यादै खुसियालीमा छ खुट्टा तर भुलेको छ

जुत्ता डुब्नुभनेको

कसको घरको दियो निभ्नु हो

सपना खाल्टोमा पुरिनु हो

सुनमाछाको प्रलोभनमा

डुबेको जुत्ता हेर त कठै भन्ने कोही छैनन्

धेरै थोक छुट्यो किनारमै

न माछा पायो न खायो जुत्ताले

पोखरीबाट किनारमा फ्यालेको माछा टिपेर

तालको किनारमा सुनका माछा पोल्दै

मैच्याङले पारेको तिनपाने खादैछ खुट्टा

र, भन्दै छ यो वे ताल छ र पो रमाइलो छ।

प्रतिक्रिया

सम्बन्धित खवर