✍️ जीवन आचार्य निश्चल

गजल – एक

जिन्दगी घाम लागुञ्जेलको छायाँ हो रहेछ
यो जिन्दगीलाई यसरी पनि त बुझिँदो रहेछ

गुलाफ टिप्न जानिन पुगेर गुलाफको वनमा
फूलले भनिछ सखी मोरो सारै सोझो रहेछ

कस्तो हो टाँसिएपछि कसै गरेपनि नछुटिने
यो, प्रेम पनि त एक किसिमको लिसो रहेछ

यो गर्मि ,यो थकान ,खेल छ पसिना बगाउने
प्रेमी भन्छ कुवाको पानी त ज्यादै मिठो रहेछ

घुम्ती, उकालो, ओरालो जीवनका यामहरू
बाटो फराकिलो कतै,कतै भने साघुरो रहेछ

गजल – दुई

पानी पिएर ओकल्छन् कोहि–कोहि आगो
लुगा लाएका हरुनै भएकाछन् आज नाङ्गो

पहिचान र अस्तित्व जोगाउनु पर्छ आफैले
सम्बन्ध यस्तो होस् जस्तो छ धागो र सियो

अफ्ठेरोमा आफ्नाहरुले नै साथ छोडेपछि
यही समयको फन्दामा गएर पर्नुपर्छ लिखो

सखर भए पो स्वादिलो हुन्थ्यो यो जीवन
अर्ती, उपदेश बन्यो निमको पात जस्तै तितो

बल्ल थाहा पाउनेछस् पिडा,दुखाइ हो के ?
कुना(काप्चामा आओस तलाइ त्यो पिलो

काहाँ गई खोजौ दिलभित्रको मान्छेलाई
बनेको छु आज चङ्गाबाट छुटिएको धागो

प्रतिक्रिया

सम्बन्धित खवर