
–जीवन आचार्य निश्चल
१ : गजल
जिन्दगी घाम लागुन-जेलको छाया हो रहेछ
यो जिन्दगीलाई यसरी पनि त बुझिँदो रहेछ
गुलाफ टिप्न जानिन पुगेर गुलाफको वनमा
फूलले भनिछ सखी मोरो सारै सोझो रहेछ
कस्तो हो टाँसिएपछी कसै गरेपनि नछुटिने
यो,प्रेम पनि त एक-किसिमको लिसो रहेछ
यो गर्मी ,यो थकान ,खेल छ पसिना बगाउने
प्रेमी भन्छ कुवाको पानी त ज्यादै मिठो रहेछ
घुम्ती,उकालो ,ओरालो जिवनका यामहरु
बाटो फराकिलो कतै,कतै भने साँघुरो रहेछ
२ : गजल
पानी पिएर ओकल्छन् कोही-कोही आगो
लुगा लाएकाहरूनै भएकाछन् आज नाङ्गो
पहिचान र अस्तित्व जोगाउनु पर्छ आफैँले
सम्बन्ध यस्तो होस् जस्तो छ धागो र सियो
अफ्ठेरोमा आफ्नाहरूलेनै साथ छोडे पछि
यही समयको फन्दामा गएर पर्नुपर्छ लिखो
सख्खर भए पो स्वादिलो हुन्थ्यो यो जीवन
अर्ती, उपदेश बन्यो निमको पात जस्तै तितो
बल्ल थाहा पाउनेछस् पिडा, दुखाइ हो के ?
कुना-काप्चामा आओस् तँलाई त्यो पिलो
कहाँ गई खोजौँ दिलभित्रको मान्छेलाई
बनेको छु आज चङ्गाबाट छुटिएको धागो
***
प्रतिक्रिया
-
४