फिराक गोर्खाली

गजल १,
जति चाहेकोजस्तो खोजेको तिमीले पाउ
जहाँ जान छ जोसँग जान छ तिमी जाउ

अलिक दिन दुःख लाग्ला अरू के हुनेछ नै
समय बलवान हुन्छ धोई दिनेछ सबै घाउ

तिमी बिना म त मर्छु भन्दै सुर्ता लगाउनले
आज जलाइदिएछ मैले दिएको सारा ताउ।

जाँदा जाँदै मेरो एउटा कुरा सुनेर जानु है
गएपछि पटक पटक याद बनेर न आउ।

जता गयौ उतै मायामा धोका दिने चलन देखें,
कहाँ भेट्ने होला “फिराक” ले मायाको गाउँ।

गजल २,
जानी नजानी पनि मैले पनि पाप गरेको छु
वर लिएर अरूलाई अभिशाप छरेको छु

जसले मलाई आफ्नो सर्वश्व सुम्पेको थियो
उसको जीवनमा धोकाको सन्ताप भरेको छु

गल्ती हुन्छ म मान्छे हो भगवान होइन भन्दै
थाह छैन कति पल्ट म गल्ती गरेर तरेको छु

यो होइन मलाई आफ्नो भुलको आभास छैन
अहिले पश्चातापको आगोमा जल्दै मरेको छु।

यहाँ धेरैले मलाई मान- सम्मान गर्छन् “फिराक”
तर म त आफ्नै नजर देखि नै तल झरेको छु।
***

प्रतिक्रिया

सम्बन्धित खवर