– उषा शेरचन
आमा ! मलाई त डर लाग्छ
अरबौँ सन्तान मर्नको निमित्त जन्मेको देख्दा
शान्ति–शान्तिको कोलाहल बोकेर
अशान्तिको बीज रोपेको देख्दा
हेर त,यो तूफानजस्तो हल्ला
कति कर्णकटु छ …….. कटु छ !
आमा ! मलाई त डर लाग्छ
भियतनाम र मध्यपूर्वका कुरा सुनेर
फेरि तेश्रो विश्वयुद्ध छेडिएला कि भनेर
हेर त, हिरोसिमा र नागासाकीको चोट
कति आलो छ……..आलो छ !!
आमा ! मलाई त डर लाग्छ
शान्तिका अग्रदूत गौतम बुद्ध पुनः नजन्मेको देख्दा
सीता र नाइटिङ्गेलजस्ता छोरीहरु,
यस धराबाट हराएको देख्दा
हेर त, शान्ति सञ्जीवनीको यहाँ
कति अभाव छ………… अभाव !!!
***
प्रतिक्रिया
-
४
