– फिराक गोर्खाली

“कान्छा यसपालि भ्यालेन्टाइन डे को दिन गर्लफ्रेन्डलाई एउटा दामी गिफ्ट दिने र कतै घुम्न जाने प्लान छ” साइँला एकदमै सुर्ता ल्याउँदै बोल्यो।
कान्छाले” ए भन्दै” टाउको हल्लायो।
कान्छाले पत्तो नदेको देखेर साइँलाको चित्त बुझेन।
उसले फेरि भन्यो “एउटा सुन कै सिक्री दिऊँ सोचेको, कस्तो होला कान्छा”।
“राम्रो सोचेको छौ दाइ” कान्छा अनकानाउँदै बोल्यो।
साइलाले कान्छालाई सोध्यो ” तेरो के छ प्लान?”

“मेरो त झुटो परेको छ भ्यालेन्टाइन डे पालन गर्नु हुँदैन” दुःखी स्वरमा कान्छाले भन्यो

“होइन के भन्छस् हो जुठो परेको छ। यो भ्यालेन्टाइन डे मा झुटो चै के हो” अचम्भित हुँदै साइलाले सोध्यो।

“ए साइला दाइ मैय्याले मसँग ब्रेक अप गरेर पलटने माइलासँग बिहे गरेको एक वर्ष भएको छैन। अब प्रेम मरेको जुठो बार्नु परेन र”।

“मैलै पनि सुनको त होइन चाँदीको सिक्री चै गिफ्ट दिएको थिएँ” भनेर कान्छाले रुन्चे मुख लगायो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर