फिरोक गोर्खाली

म हालै सरुवा भएर त्यो गाउँमा गएको थिएँ। मलाई त्यो गाउँमा ग्रामीण बैंकको नयाँ शाखा शुरू गर्ने जिम्मेवारी थियो। गाउँ पुग्ने बित्तिकै मैले गाउँका विशिष्ठ व्यक्तिहरूसँग संम्पर्क गर्ने सुरू गरेँ।

यसै खण्डमा एक जना व्यक्तिसँग भेट भयो दिलप्रसाद रेग्मी । सेवानिवृत शिक्षक गाउँमा काइँला बा नाउँले प्रसिद्ध । खानदानी माटोबारी भएको सम्पन्न मान्छे। काइँला बा वाम विचारमा ढल्केका मान्छे भनौँ न घोर वामपन्थी विचारधाराका मान्छे। काइँला बा यति कट्टर कि घर पनि दक्षिण दिशाको उल्टा पट्टी बनाएका छन्। उनी आफूलाई महान विचारक ठान्थे र गाउँमा उनको विचार बुझ्ने क्षमता कोही व्यक्ति छैन भनेर बालाई धेरै दुःख थियो। घरमा सानु पुस्तकालय थियो र धेरै अध्यन गर्ने। कम्युनिस्ट साहित्य त बाले घोलेर पिएका छन् भन्नु पनि मिल्छ

मार्च ०८ तारिक अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा गाउँको एउटा विद्यालयमा कार्यक्रम राखेको थियो। त्यस कार्यक्रममा मलाई पनि निम्तो थियो। काइला बा थिए कार्यक्रमको निर्दिष्ट वक्ता। कार्यक्रम शुरू भयो। काइँला बाले नारीवाद, नारी सम्मान , नारी सशक्तिकरण माथि जोरदार भाषण दिनु भयो। भाषण सुनेर म गदगद भएँ उनको महान सोचलाई सलाम गरे। मैले पनि वहाँलाई बधाई दिँदै भने गुरुजी तपाईं त घोर नारीवादी हुनुहुँदो रहेछ। मलाई धन्यवाद दिँदै भन्नु भयो “भाइ नारीले अहिले सम्म सम्मान र समान मर्यादा पाएका छैनन्। नारीहरूलाई न्याय र हक दिलाउनु हामी सबै लाग्न पर्छ। नारीले सम्मान पाए मात्र सामाजिक परिवर्तन हुनसक्छ भनेर बाले बिदा लिए। मैले मनमनै बाको सोचलाई सलाम गरे।

नारी दिवस गएको दुई दिन पछि म बाजेलाई भेट्नु भनेर बजेको घर तिर लागे। घर पुगेर देख्छु कि काइला बा त आफ्नो श्रीमती पो कुट्दै रहेछन्। देखेर अचम्भ लाग्यो। बुढी पिटेर पनि नारी शशक्तिकरण हुन्छ होला नभए यत्रो ठूलो नारीवादीले बुढी कुट्ने थिए र भन्ने सोच मनमा आयो। छेउ छिमेककाहरू रमिता पो हेर्दै रहेछन् तर मलाई त्यति के लाग्यो कि इनहरू पनि कुनै क्रान्ति निक्लेको हेर्न पर्खेको होलान। बाजैको रोदन सुन्न नसकेर मैले चूपचाप पुलिस दल बोलाई दिएँ। काइँला बा लाई केसमा दुई दिनको न्यायिक हिरासतको सजाई जजले सुनाउन लागेका थिए त्यतिबेला बजैले जजको हाथजोड गरेर, रोई कराई गरेर बुढालाई फिर्ता घर लिएर आइन्।

सुनेको लाजले बुढा घर देखि निस्केका छैनन् ०३दिन भयो रे। बुढी कुट्ने लाज होइन पोलिस ले थुनेको। लाजमा रे!तर “काइला बा” ले यो नारी सशक्तिकरणको अभियान छोड्ने वाला छैनन् मलाई विश्वास छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर