– फिराक गोर्खाली

तिम्रो लागि
एउटा कविता लुकाएर राखेको छु,

शीतले कोरेका
पवित्र शब्दहरूलाई
मुटुको  रागिनीले छोपेर राखेको छु

मनमा उठेका
इन्द्रेणीको रङ्गहरूले
तिम्रा लागि महल सजाएर राखेको छु

तिमी आऊ न
तिम्रो लागि
एउटा कविता लुकाएर राखेको छु

आकाङ्क्षाहरूको
एउटा पहाड थुपारेको छु
तिम्रो र मेरो लागि
एउटा नयाँ आकाश बनाएको छु,

प्रेमको पराकाष्ठा दिने वचन
साँचेर राखेको छु
मुटुको लालपुर्जा तिम्रो नाममा पारेको छु

तिमी आऊ न,
तिम्रो लागि
एउटा कविता लुकाएर राखे छु

***

प्रतिक्रिया

सम्बन्धित खवर