फिराक गोर्खाली

न खोज मलाई मलाई हराउन देऊ।
मलाई कसैको आँखामा आउन छैन,
मलाई स्वयंको ओटमा लुक्न देऊ।
मेरो व्यक्तित्व परिचित नहोस् यहाँ,
मलाई गुमनामीको खाटमा सुत्न देऊ।

मलाई कुद्न छैन प्रेरित पनि नगर,
यस प्रतिस्पर्धा देखि टाढा बस्न छ।
नबोलाऊ अब रणभूमिमा मलाई,
मैलै हतियार त्यागी सकेको छु।

किन बिथोल्न खोज्छौ नि?
किन मलाई जगाउन खोज्छौ नि?
म अनन्तकाल मानव सभ्यताको निन्द्रा हो
मेरो उठ्ने बानी छैन, व्यर्थ प्रायस गर्छौ
मलाई हराउन देऊ आफ्नो मदमा,
मलाई लुक्न देऊ विलासिताको चादर भित्र।

***

प्रतिक्रिया

सम्बन्धित खवर