✍️ मानन्धर अभागी
गजल – एक
काँसको फूल म कसैलाई चल्दैन
फुल्न त फूलें कुनै अर्थ नै रहेन
ढकम…क्क फूलें केहि काम छैन्
फुलेर के गर्नु कसैले मन परेन
बिस्तारै बिस्तारै झर्न थालें हेर
एक थुङ्गा पनि द्दौत्तालाई चलेन
न शिरमा चढें न पाउमै परें
भगवान…ले किन मलाई रूचेन
मलाई नछूटाओ बिन्ती छ हजुर
मेरो यो पुकार कसैले नि सुनेन
गजल – दुई
गरी साँचो माया देखाउ मलाई
तिम्रो त्यो कसम दिलाउ मलाई
नसोध के चाहिन्छ भनेर हजुर
नजानेका कुरा सिकाउ मलाई
म मात्तेछु भने सम्झाउ बुझाउ
फकाएर हजुर रिझाउ मलाई
सहारा हजुर नै मलाई सम्हाल
तिम्रो खुशीले पिलाउ मलाई
मलाई भगाई घर लानु अघि
पहिले वरमाला लगाउ मलाई
प्रतिक्रिया
-
४
